शनिबार, १२ जेष्ठ, २०७५ (Sat, 26 May, 2018)
देश
Dec 03, 2017
कम्युनिष्टको सरकार भए आगामी दिनमा निर्वाचन नै हुँदैन : प्रधानमन्त्री देउवा
आईतवार, मंसिर १७, २०७४
डडेल्धुरा : चुनावी अभियानको क्रममा गृह जिल्ला डडेल्धुरा पुगेका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कम्युनिष्टको सरकार भए आगामी दिनमा निर्वाचन नै हुन नसक्ने बताएका छन् ।

पछिल्लो समय हरेक चुनावी सभामा वामगठवन्धन माथि खनिदै आएका सभापति देउवाले बाम गठबन्धनका नाममा एकदलिय सर्बसत्ताबादी शासन गर्न खोजेको आरोप लगाएका छन् ।

डडेलधुराबाट प्रतिनिधि सभाका लागि उम्मेदवार समेत रहेका सभापति देउवाले कांग्रेसको नेतृत्वमा जारी लोकतान्त्रिक संबिधानमा सबै बर्ग क्षेत्रको अधिकार सुरक्षित गरिएको बताए ।

प्रधानमन्त्री देउवासँगै डडेलधुरा पुगेका सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले सञ्चारको पहुँच नपुगेका ग्रामीण क्षेत्रमा आगामी सरकारले बिशेष पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

प्रधानमन्त्री देउवाले आजै डडेल्धुराको प्रसिद्ध भगवती नवदुर्गा माताको दर्शन गरि विभिन्न क्षेत्रमा आयोजना गरिएका चुनावी सभालाइ सम्वोधन गरेका थिए ।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Dilman Gurung, Rita Gurung,
Kiran Gurung, Janga Bahadur Bomjan, 
Sangam Gurung, Chandra Bahadur Ghale