मंगलवार, ३० असोज, २०७५ (Tue, 16 October, 2018)
आर्थिक
Dec 03, 2017
नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट गरिने कारोबारको सीमा तोक्यो
आईतवार, मंसिर १७, २०७४
काठमाडौं : विश्व क्यासलेस इकोनोमी तर्फ अगाडि बढिराख्दा नेपाल राष्ट्र बैंकले विद्युतीय कारोबारको जोखिम न्युनिकरण गर्ने भन्दै कारोबारको सीमा तोक्ने भएको छ ।

राष्ट्र बैंकले हालै सार्वजनिक गरेको विद्युतीय खातामा रकम जम्मा र खर्च गर्ने सीमा सम्बन्धी निर्देशनको मस्यौदामा क्रेडिट कार्ड, डेबिट कार्ड, प्रिपेड कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, डिजिटल वालेट लगायतका विद्युतीय माध्यमबाट गरिने कारोबारको सीमा तोकिएको हो ।

विद्युतीय खातामा रकम जम्मा र खर्च गर्ने सीमा सम्बन्धी निर्देशनको प्रस्तावित मस्यौदा अनुसार मोबाइल बैंकिङ मार्फत कारोबार गर्दा एक पटकमा ५ हजार रुपैयाँ गरि दैनिक १० हजार रुपैयाँ र मासिक ५० हजार रुपैयाँसम्म मात्र भुक्तानी कारोबार गर्न पाइनेछ ।

इन्टरनेट बैंकिङको दैनिक कारोबार सीमा भने १ लाख र मासिक सीमा ५ लाख रुपैयाँसम्म तोकिएको छ । भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेको डिजिटल वालेटमा एजेन्ट र सब एजेन्ट मार्फत एवं बैंक तथा वित्तिय संस्थाबाट रकम जम्मा वा ट्रान्स्फर गर्दा एक पटकमा अधिकतम ५ हजार रुपैयाँसम्म गरि दैनिक १५ हजार रुपैयाँ सम्म र मासिक २५ हजार रुपैयाँसम्म जम्मा गर्न पाइनेछ ।

तर विद्युत, संचार, खानेपानी, शिक्षा, स्वास्थ्य, यातायात, होटल तथा रेष्टुरेन्ट, सामाजिक सुरक्षा भत्ता जस्ता सेवाहरुको आवधिक रुपमा भुक्तानी गर्ने शुल्कहरुको बिल बमोजिमको रकम डिजिटल वालेटमार्फत भुक्तानी गर्दा भने दैनिक र मासिक रकम सीमाले बाधा नपुर्याउने मस्यौदामा उल्लेख छ ।

साथै डिजिटल वालेट मार्फत रिचार्ज र टपअप गर्दा दैनिक १५ हजार रुपैयाँसम्म र मासिक २५ हजार रुपैयाँसम्म मात्र खर्च गर्न पाइनेछ । साथै विद्युतिय माध्यमबाट विप्रेषण रकम भुक्तानी गर्दा १ लाख रुपैयाँसम्म मात्र नगदमा भुक्तानी गर्न सकिनेछ । १ लाख रुपैयाँभन्दा बढीको विप्रेषण रकम बैंक खाता मार्फत भुक्तानी गर्नुपर्नेछ ।

विप्रेषण रकम डिजिटल वालेटमा जम्मा गर्न चाहेमा प्रति महिना १० हजार रुपैयाँसम्म मात्र जम्मा गर्न सकिनेछ । साथै मस्यौदामा उल्लेख भएअनुसार प्रिपेड कार्ड जारी गर्दा एक पटकमा अधिकतम १ लाख रुपैयाँसम्मको कार्ड मात्र जारी गर्न सकिनेछ । प्रिपेड कार्डबाट नगद झिक्दा प्रतिमहिना २५ हजार रुपैयाँसम्म मात्र झिक्न पाइनेछ ।

त्यस्तै डेबिट कार्डबाट नगद कारोबार गर्दा एक पटकमा २५ हजार रुपैयाँ गरि दैनिक १ लाख रुपैयाँसम्म मात्र कारोबार गर्न पाइनेछ । मस्यौदामा क्रेडिट कार्डबाट नगद कारोबार गर्न नपाइने उल्लेख छ तर नगद अत्यावश्यक भएको अवस्थामा क्रेडिट कार्डको स्वीकृत सीमाको अधिकतम २० प्रतिशतसम्म भने झिक्न पाइने उल्लेख छ ।

अनुमति प्राप्त संस्थाले उपरोक्त निर्देशनको पालना नगरेमा नेपाल राष्ट्र बैंक ऐन तथा भुक्तानी तथा फर्छ्यौट विनियमावली बमोजिम कारवाही गर्न सकिने मस्यौदामा उल्लेख छ ।

प्रस्तावित मस्यौदामा सरोकारवालाहरुको राय तथा सुझावका लागि राष्ट्र बैंकले १५ दिनको समय दिएको छ । तोकिएको मितिभित्र आएका सुझाव उपयुक्त लागेमा बैंकले प्रस्तावित मस्यौदामा हेरफेर गरेर निर्देशन जारी गर्ने जनाएको छ ।

-जंगबहादुर बमजन 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan