आईतवार, १ पौष, २०७५ (Sun, 16 December, 2018)
खेलकूद
Dec 03, 2017
ठमेल ओपन टेबलटेनिस प्रतियोगिताको महिला सिंगल्समा एलिना र स्वेच्छाको ह्याट्रिक
आईतवार, मंसिर १७, २०७४
काठमाडौं : नेपाल प्रहरी क्लबकी एलिना महर्जन र नेपाल आर्मीकी स्वेच्छा नेम्वाङले हुवाइ नोभा टु आई इम्पेक्ट ठमेल ओपन टेबलटेनिस प्रतियोगिताको महिला सिंगल्समा शनिबार तीन–तीन खेलमा जित हात पारेका छन् ।

लैन चौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको समूह ‘सी’ को लिगमा एलिनाले पिङपोङ सुपरस्टारकी लश्ता महर्जन, प्रहरीकी यशस्वी सुवाल र धरानकी रुपा लिम्बूलाई समान ३–० को सोझो सेटमा पराजित गरिन् । स्वेच्छाले पनि एलिनाले नै पराजित गरेकी तीनै प्रतिद्वन्द्वीलाई समान ३–० को नतिजामा हराइन् ।

समूह ‘बी’ को लिगमा आर्मीकी रविना महर्जन र नेपाल एपीएफ क्लबकी सेलिशा खड्गीले दोहोरो जित आत्मासात् गरे । रविनाले याला स्पिनकी अनुष्का प्रसाईंलाई ३–० तथा प्रहरीकी मन्जु सुवाललाई ३–२ ले पन्छाइन् । सेशलिशाले प्रहरीकी सोनु थापा मगरलाई ३–२ तथा प्रहरीकै मन्जु सुवाललाई ३–१ ले पाखा लगाइन् ।

त्यस्तै समूह ‘ए’ को लिगमा प्रहरीकी राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठले एपीएफकी सिक्का सुवाललाई ३–१ तथा काठमाडौंकी रुबी वज्राचार्यलाई ३–० ले पराजित गरिन् । आर्मीकी दीक्षा तामाङले आर्मीकी दीक्षा दाहाललाई ३–२ तथा एपीएफकी सिक्का सुवाललाई ३–१ ले पन्छाइन् ।

इम्पेक्ट स्पोर्ट्स म्यानेजमेन्टद्वारा आयोजित प्रतियोगिताको पुरुष सिंगल्सको समूह ‘ए’ मा प्रहरीका विनेश खनियाले एपीएफका एलेक्स महर्जनलाई ३–०, एपीएफका विलोश श्रेष्ठले याला स्पिनका निकेश महर्जनलाई ३–० र वज्र युनियनका टेन्डी शेर्पाले आर्मीका गौरव श्रेष्ठलाई ३–० ले पराजित गरे ।

समूह ‘बी’ को प्रतिस्पर्धामा एपीएफका शिवसुन्दर गोथेले वज्रका वज्रप्रकाश लामालाई ३–१, आर्मीका चन्दन शाहले यालाका आरिश महर्जनलाई ३–० तथा प्रहरीका राकेश महर्जनले पिङपोङका सेयोन गुरुङलाई ३–० ले हराए ।

समूह ‘सी’ मा एपीएफका अमरलाल मल्लले काठमाडौंका प्रज्ज्वल केसी, आर्मीका नारायण घिमिरेले आफ्नै क्लबका प्रज्ज्वल श्रेष्ठ र धरानका महावीर चौधरीले भक्तपुरका रजोजमान थाकुलाई समान ३–० को नजितमा पाखा लगाए ।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan