शुक्रबार, १ भाद्र, २०७५ (Fri, 17 August, 2018)
खेलकूद
Dec 03, 2017
रियो ओलम्पियनलाई एनओसीको सम्मान
आईतवार, मंसिर १७, २०७४
काठमाडौं : नेपाल ओलम्पिक कमिटी (एनओसी) ले रियो ओलम्पिक २०१६ मा सहभागी सात खेलाडीलाई आइतबार नगद सहित सम्मान गरेको छ ।

एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले आइतबार उनीहरुलाई जनही १ हजार अमेरिकी डलर प्रदान गर्दै सम्मान गरेका हुन् । ब्राजिलको रियो दि जेनेरियोमा गत वर्षको अगष्ट ५ देखि २१ तारिखसम्म भएको ओलम्पिकमा नेपालबाट आर्चरीका जितबहादुर मोक्तान, एथलेटिक्सका हरिकुमार रिमाल र सरस्वती भट्टराई, जुडोकी फुपु ल्हामु खत्री, पौडीका शिरिष गुरुङ र गौरीका सिंह तथा तेक्वान्दोकी निशा रावलले सहभागीता जनाएका थिए । गौरिका भने कार्यक्रममा उपस्थित थिइनन् । उनी परिवारसंगै लन्डनमा बस्दै आएकी छन् ।

खेलाडीलाई सम्मान गर्दै अध्यक्ष श्रेष्ठले भने, ‘ओलम्पिकमा सहभागीता जनाउने गौरवको विषय हो । रियो ओलम्पिकमा नेपालले आफूलाई विश्वमाझ चिनाउन समेत सफल भएको थियो ।’

पौडीकी गौरिका सिंह रियो ओलम्पिकमा सहभागी मध्ये कान्छी खेलाडी बनेकी थिइन । त्यत्तिबेला उनी १३ बर्षकी थिइन् । त्यसैगरी रियो ओलम्पिकमा जुडोकी फुपुले ओलम्पिकको उद्घाटन सत्रको मार्च पार्समा नेपाली झन्डा बोक्ने अवसर पाएकी थिइन् ।

एनओसीका अध्यक्ष श्रेष्ठले जापानमा हुने २०२० को ओलम्पिकका लागि बढी खेलाडीको सहभागिताका लागि खेलाडी तयार गर्न सुरु गरिहाल्ने बताए । ‘बैदेशिक प्रशिक्षण दिने, छात्र बृत्तिमार्फत खेलाडीलाई वैदेशिक प्रशिक्षणमा पठाउने विषयमा हामीले कुरा गरिरहेका छौं । यस अघि पनि छात्रबृत्ती प्राप्त भएको थियो । जसका कारण खेलाडीले राम्रो प्रदर्शन गरे ।

केहि खेलाडीले वाइल्ड कार्ड पाएनन् तथापी हामीले उनीहरुलाई छात्र बृत्तिको सुविधा प्रदान गरिसकेका छौं’ उनले भने, ‘त्यस अघि हुने युथ ओलम्पिक र एसियाडका आधारमा पनि खेलाडीका लागि वातावरण तयार हुने छ ।’

एनओसीले खेलाडीहरुलाई नगद सहित सम्मान गर्दै देशका खेलाडीले बाचेर खाने अवस्था सिर्जना गर्नका लागि ओलम्पिकले दीर्घकालिन नीति तय गर्ने बताए ।

रियो ओलम्पिकमा नेपालबाट ५ खेलका सात खेलाडीले सहभागिता जनाएका थिए । जसमा तीन पुरुष र चार महिला थिए । आर्चरीको पुरुष व्यक्तिगततर्फ जितबहादुर मोक्तान सहभागी भएका थिए । एथलेटिक्समा पुरुष ५ हजार मिटेरमा हरि र महिलाको १५ सय मिटरमा सरस्वतीको सहभागिता थियो । सरस्वतीले आ–आफ्नो स्पर्धामा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

त्यसैगरी जुडोतर्फ फुपुले महिला ६३ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन् । पौडीमा शिरीषले पुरुष १ सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्दै राष्ट्रिय कीर्तिमान बनाएका थिए । उनले ५७ दशम्लव ७६ सेकेन्डमा दूरी पूरा गर्दै नयाँ कीर्तिमान रचेका थिए । गौरीकाले महिला १ सय मिटर ब्याकस्ट्रोकतर्फ प्रतिस्पर्धा गरेकी थिइन् ।

तेक्वान्दोबाट निशाले महिला ६७ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा गरेकी थिइन् । उनी सातौं स्थानमा आएकी थिइन् ।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Sunita Thapa