आईतवार, २ पौष, २०७४ (Sun, 17 December, 2017)
देश
Dec 04, 2017
चुनावी प्रचारप्रसारको अन्तिम दिन शीर्ष नेतादेखि उम्मेदवार चुनावी प्रचारप्रसारमै ब्यस्त
सोमबार, मंसिर १८, २०७४
काठमाडौं : दुई तिहाई बहुमत ल्याउने उद्घोष गर्दै गठवन्धन गरेका दलहरु, चुनावी प्रचारप्रसारको अन्तिम दिन शीर्ष नेतादेखि उम्मेदवार चुनावी प्रचारप्रसारमै ब्यस्त भए ।

पहिलो चरण सकिए लगत्तै दोस्रो चरणमा आक्रामक रुपमा प्रचार प्रसारमा जुटेका शीर्ष नेता आफू सहित गठवन्धनलाई जिताउने होडवाजीमा छन् । आज केही शीर्ष नेता आफ्नै क्षेत्रको चुनावी सभामा ब्यस्त भए भने केही पार्टीका चुनावीसभा र समारोहमा ब्यस्त भए ।

एकैदिन ६ स्थानका चुनावीसभामा भाग लिनेदेखि एकले अर्कालाई गाली गलौज र आरोप प्रत्यारोप पहिलो चरणमा झै दोस्रो चरणमा पनि गरे । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरवहादुर देउवा कहिले एक्लै चुनाव प्रचारप्रसारमा भाग लिए भने कतिपय स्थानमा वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शंशाक कोइराला सहित कार्यक्रममा सहभागी भए । देश दौडाहामा निस्केका देउवाले दुई दिनदेखि आफ्नै निर्वाचन क्षेत्रका कार्यक्रममा सहभागी भएका छन् ।

वाम गठवन्धन बनाएर दुईतिहाई बहुमत ल्याउने सपना वुन्दै एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल देशब्यापी चुनावी अभियानमा होमिए । कहिले सँगै त कहिले एक्लाएक्लै चुनावी कार्यक्रममा पुगेका यी दुई नेता एउटै माला लगाउनेदेखि पार्टी एकता गर्ने सम्मका एजेन्डा बोकेर मत मागे । अन्तिम दिन भने ओली राजधानीका तीनवटै जिल्लामा पुगे भने दाहाल चितवनमै भोट माग्न ब्यस्त भए ।

पहिलो चरणमा निर्वाचन भएका जिल्लाका नेताहरु भने आफ्ना उम्मेदवार र गठवन्धन जिताउने देश दौडाहमै ब्यस्त छन् । पहिलो भन्दा दोस्रो चरणमा प्रमुख तीन पार्टीका तीनवटै शीर्ष नेता उम्मेदवार भएकोले पनि चुनावी रौनक थपिएको छ । कु

नै चुनावीसभामा एकले अर्कालाई आरोप लगाउदै आक्रमक रुपमा प्रस्तुत हुने शीर्ष नेता कतिपय स्थानमा पुग्दा भने शालीन रुपमा प्रस्तुत भएका थिए । हेलिकप्टर लिएर देश दौडाहमा निस्केका शीर्ष नेताको अभियान र योजना आफ्नो गठवन्धनलाई जिताउने र आफूले सरकारको नेतृत्व गर्ने लक्ष्य छ । मंसिर २१ गते ४५ जिल्लाका १ सय १८ प्रतिनिधिसभामा निर्वाचन हुँदैछ ।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang