आईतवार, २ पौष, २०७४ (Sun, 17 December, 2017)
समाचार
Dec 04, 2017
कांग्रेस नेता गगन थापालाई लक्षित गरी काठमाडौंको चपलीमा बम आक्रमण
सोमबार, मंसिर १८, २०७४
काठमाडौं : आम मतदाताले मतदानको समय पर्खिरहेको वेला ठाँउ ठाँउमा भैरहेका विस्फोट र आक्रमणका घटनाले चुनावी सुरक्षामाथि गम्भिर प्रश्न उठीरहेको छ । आज काठमाडौ क्षेत्र नं ४ मा काँग्रेस नेता गगन थापाको चुनावी अभियानलाइ लक्षीत गरि गराइएको वम विस्फोटको घटनाले पनि सुरक्षा अवस्था कमजोर रहेको स्पस्ट हुन्छ ।

दोस्रो चरणमा निर्वाचन हुने सबै जिल्लाको सुरक्षा ब्यवस्था मजवुत रहेको गृहमन्त्रालयले दावी गरिरहँदा आज मध्यान्ह कांग्रेस नेता गगन थापा सम्मिलित चुनावी अभियानमा वम विस्फोट गराइयो । विस्फोटमा परि नेता थापा सहित ११ जना घाइते भए ।

चपलीस्थित महादेव कोलोनीको प्रवेशद्वारमा गराइएको वम विस्फोटपछि त्यस क्षेत्रको अवस्था तनावपुर्ण बन्यो भने थापा सहित घाइते ११ जनालाइ उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको थियो ।

उपचारपछि उम्मेदवार थापा घर फर्किए पनि घाइते जयराज लामिछाने, राजकाजी श्रेष्ठ, ध्रुव खड्का, पूर्णबहादुर श्रेष्ठ, रेणु बडुवाल, श्यामकृष्ण श्रेष्ठ, सुमन खड्का लगायतका घाइतेहरुको सोही अस्पतालमा उपचार भइरहेको छ । यो घटनाले स्थानीयवासीको मनोविज्ञान निकै त्रसित देखिन्छ ।

विस्फोटमा परि नेता थापा नै घाइते भएपछि कांग्रेसका अधिकांश नेता घाइतेहरुको स्वास्थ्य स्थितिबारे जानकारी अस्पताल पुगेका थिए । अस्पताल पुगेका नेताहरुले उम्मेद्वारको समेत सुरक्षा नभएको भन्दै चुनावी सुरक्षा प्रति गम्भीर वन्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

रिमोर्ट कन्ट्रोलद्धारा शक्तीशाली प्रेसर कुकर वम विस्फोट गराइएको प्रहरीले जनाएको छ । घटनाको अझैसम्म कसैले जिम्मेवारी लिएको छैन भने प्रहरीले अनुसन्धान भैरहेको जनाएको छ ।

आज मध्यान्ह भएको वम विस्फोटले जनजिवन त्रसित भैरहदा दिउसो वालुवाटार स्थित प्रधानमन्त्री प्रधानन्याधिष र सभामुखको सरकारी निवास नजिकै राखीएका वम नेपाली सेनाको टोलीले निस्कृय पारेको छ ।

सम्पुर्ण शक्ती चुस्त परिचालन हुने राजधानीमा तथा राज्यशक्तीको केन्द्र मानिने वालुवाटारमा समेत वम फेला परेको यस घटनाले सरकारलाइ चुनावी सुरक्षा चुनौती थपिएको छ ।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang