मंगलवार, ८ फागुन, २०७४ (Tue, 20 February, 2018)
समाचार
Dec 04, 2017
चारै सुरक्षा निकायलाई परिचालन गरेको सरकारले आगामी निर्वाचनमा पनि परिचालन गर्ने
सोमबार, मंसिर १८, २०७४
 
काठमाडौं : यतिवेला, करिब नब्बे प्रतिशत प्रहरी चुनावी सुरक्षाका लागि मैदानमा पुगेका छन् । पहिलो निर्वाचनमा परिचालन भएका सुरक्षाकर्मीहरु आगामी निर्वाचनका लागि जिल्लाहरुमा सिफ्ट भैरहेको सुरक्षा अधिकारीको भनाई छ । थप चुनौति महशुस गरेको सुरक्षा निकायले आगामी निर्वाचन भने शान्तिपूर्ण हुने बताएको छ ।

करिब ७२ हजारको संख्यामा रहेको नेपाल प्रहरीको जनशक्ति प्रशासनिक कामकाज वाहेक ९० प्रतिशत चुनाव हुने जिल्लाहरुमा परिचालित भएका छन् । केहि जनशक्तिलाई रिजर्ब फोर्शका रुपमा तयारी अवस्थामा राखिएका छन् । यसका अतिरिक्त नेपाली सेना, सशस्त्र प्रहरी वल, अनुसन्धान र म्यादी प्रहरीले शान्तिपूर्ण निर्वाचनका लागि चुनावी मैदानमा पहरा दिइरहेका छन् ।

पहिलो चरणको निर्वाचन सामान्यतया शान्तिपूर्ण रुपमा सम्पन्न भएको सुरक्षा निकायको विश्लेषण छ । दर्जनौं संख्यामा वम विस्फोट भए पनि अधिकांश नक्कली बमहरु भएको दावी गर्ने प्रहरीले निर्वाचन अवधिमा ६ वटा सवारी साधनमा मात्र तोडफोड र आगजनीको प्रयास भएको जनाएको छ ।

पहिलो चरणको निर्वाचनमा छिमेकी मुलुक भारत र चीनसँग जोडिएका केहि जिल्लाहरु मात्र थिए । तर यसपटक भने रक्सौल, काकडभिट्टा, रुपेडिया जस्ता मूख्य नाकाहरु नै भारतसँग जोडिएका छन् । ७२ घण्टा अघि नै नाका शील गरिने परम्परालाई निरन्तरता दिदै ती जिल्लाहरुले तयारी गरेका छन् ।

पहिलो चरणको निर्वाचनवाट प्राप्त अनुभव र कमजोरीलाई दोहोरिन नदिन सुरक्षा व्यवस्था मजवुत बनाएको प्रहरीको दावी छ । ४५ वटा जिल्लाहरुमा हुन गैरहेको निर्वाचन पहिलो चरणकोभन्दा सुगम त अवश्य छ नै, तर चुनौतिहरु यस्ता हुन सक्ने आँकलन गरिएका छन् ।

चुनौतिहरु
१. चुनाव वहिष्कार गरेको नेकपा विप्लवको गतिविधिहरु ।
२. साना हतियार र तराइमा सक्रिय भूमिगत समूहहरु ।
३. खुल्ला सिमा नाकावाट हुनसक्ने घुसपैठ ।
४. दलगत मुठभेड र झडपहरु ।

तर यी सबै चुनौतिहरुको सामना गर्ने गरी सुरक्षा रणनीति तय भएको प्रहरीले बताएको छ । सुरक्षा निकाय र स्थानीयदेखि केन्द्रीय सुरक्षा समितिसँग समन्वय गरिरहेको निर्वाचन आयोगले पनि निर्वाचन सुरक्षाप्रति ढुक्क हुन आग्रह गरेको छ ।

म्यादी प्रहरी सहित चारै सुरक्षा निकायलाई परिचालन गरेको सरकारले आगामी निर्वाचनमा पनि तीन घेराको सुरक्षा रणनीति अपनाएको छ । यसपटक भने सरकारले सुरक्षाकर्मीलाई अधिकतम वल प्रयोगसम्मको अधिकार दिएका छ ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang
Sangam Gurung, Manish Bahadur Tamang