मंगलवार, ८ फागुन, २०७४ (Tue, 20 February, 2018)
समाचार
Dec 04, 2017
निर्वाचन आयोगद्वारा सुरक्षा व्यवस्था सुदृढ बनाउन सरकारलाई पुनः निर्देशन
सोमबार, मंसिर १८, २०७४
काठमाडौं : निर्वाचन आयोगले आगामी २१ गते हुने दोस्रो चरणको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सुरक्षा व्यवस्था सुदृढ बनाउन सरकारलाई पुनः निर्देशन दिएको छ ।

काठमाडौंका विभिन्न स्थानमा आज बम विष्फोटका घटनाले आतंकित बनाईरहेका बेला निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले निर्वाचनको सुरक्षा व्यवस्था सुदृढ बनाउन गृह मन्त्रालयलाई पुनः सचेत गराएको हो । उनले काठमाडौसहित देशका विभिन्न भागमा उम्मेदवारलाई नै लक्षित गरी बम विष्फोट भईरहेकोमा निर्वाचन आयोग चिन्तित रहेको पनि स्पष्ट पारे ।

आजै कांग्रेस नेता एवम् काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधि सभाका उम्मेदवार गगन थापालाई लक्षित गरेर बम विष्फोट गराइएको थियो । निर्वाचन आयोगका प्रवक्ता ढकालले सरकारलाई उम्मेदवारलाई उचित सुरक्षा प्रबन्ध मिलाउन पनि पुन सचेत गराइएको जानकारी दिए ।

निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रुपमा संचालन भईरहेको पनि स्पष्ट पारेको छ । आयोगका प्रवक्ता ढकालले छोटो समयमा पनि मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी ढंगले संचालन गरिएको दाबी गरे । उनले मतदाता शिक्षा कार्यक्रममा साथ दिन राजनीतिक दलहहरुसँग आग्रह समेत गरेका छन् ।

विहिबार ४५ जिल्लाको १५ हजार ३ सय ४४ मतदान केन्द्रमा दोस्रो चरणको प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन हुँदैछ । पहिलो चरणको निर्वाचन गत मंसीर १० गते नै सम्पन्न भईसकेको छ ।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang
Sangam Gurung, Manish Bahadur Tamang