आईतवार, ७ माघ, २०७४ (Sun, 21 January, 2018)
देश
Dec 04, 2017
बंगलादेशी प्रधानमन्त्री हसिना र कम्बोडियाली समकक्षी सेनबीच रोहिंग्याका विषयमा छलफल
सोमबार, मंसिर १८, २०७४

एजेन्सी : बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले कम्बोडियाली समकक्षी हुन सेनसँग रोहिंग्या शरणार्थी व्यवस्थापनका विषयमा छलफल गरेकी छिन् ।

कम्बोडियाको तीन दिने भ्रमणमा रहेकी हसिनाले बंगलादेशले हाल १० लाखभन्दा बढी रोहिंग्या शरणार्थीलाई बास दिएको जिकिर गर्दै उनीहरुको व्यवस्थापन गर्न बंगलादेशलाई निकै अप्ठेरो परेको पनि बताएकी छिन् ।

केही दिन अघि मात्र बंगलादेश र म्यानमारबीच रोहिंग्या शरणार्थीहरुलाई म्यानमारमा पुनर्स्थापना गर्ने विषयमा सहमति भएको थियो । तर सहमति कार्यानवयन हुने समयसम्म उनीहरुको व्यवस्थापन गर्न बंगलादेशलाई निकै कठिन भैरहेको उनको भनाई थियो ।

दुई प्रधानमन्त्रीबीचको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा कम्बोडियाका प्रधानमन्त्री सेनले १६ करोड जनसंख्या भएको बंगलादेशले १० लाख रोहिंग्या शरणार्थीहरुलाई शरण दिनु निकै कठिन काम भएको बताए ।

शरणार्थी समस्या समाधानका लागि कम्बोडियाले पनि सहयोग गर्ने प्रतिबद्धता पनि उनले ब्यक्त गरेका छन । बंगलादेश र क्याम्बोडियाबीच पर्यटन, कृषि र प्रविधी लगायतका क्षेत्रमा सहयोग आदानप्रदान गर्ने सम्बन्धी नौं बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ ।




 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang
Sangam Gurung, Manish Bahadur Tamang