आईतवार, २ पौष, २०७४ (Sun, 17 December, 2017)
देश
Dec 04, 2017
उत्तर कोरियाको आपत्तिकाबीच अमेरिका र दक्षिण कोरियाको संयुक्त सैनिक अभ्यास शुरु
सोमबार, मंसिर १८, २०७४
एजेन्सी : उत्तर कोरियाको चेतावनीलाई वेवास्ता गर्दै अमेरिका र दक्षिण कोरियाली सेनाले संयुक्त सैनिक अभ्यास थालेका छन् ।

दक्षिण कोरियाली रक्षा मन्त्रालयका प्रवक्ता मुन साङ ग्युनले यो संयुक्त अभ्यासले दुबै देशका सेनाको युद्ध कौशलमा बृद्धि गर्ने बताए । 'भिजिलान्ट एस' नाम दिइएको यो सैनिक अभ्यास शुक्रबारसम्म चल्ने बताइएको छ ।

अभ्यासमा ६ वटा एफ २२ र्यापटर स्टिल्थ फाइटरसहित दुई सय ३० वटा लडाकु विमान प्रयोग भएको बताइको छ । उत्तर कोरियाले अमेरिकी महादेशसम्म मार हान्न सक्ने अति शक्तिशाली अन्तरदेशीय क्षेप्यास्त्र परीक्षण गरेको दाबी गरेको एक सातापछि नै अमेरिका र दक्षिण कोरियाबीच संयुक्त हवाई सैन्य अभ्यास हुन लागेको हो ।

एकातिर उत्तर कोरियाको पछिल्लो क्षेप्यास्त्र परीक्षणपछि अमेरिका, दक्षिण कोरिया र जापानले उत्तर कोरियामाथि कडा रुपमा प्रस्तुत हुन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका थिए । साथै यसै विषयमा छलफल गर्न राष्ट्रसंघीय सुरक्षा परिषद्को मन्त्रीस्तरीय बैठक पनि बस्दैछ ।

उता उत्तर कोरियाले भने संयुक्त सैन्य अभ्यासको पनि भत्सना गर्दै यसबाट कोरियाली प्रायद्वीपका साथै विश्व नै आणविक परीक्षणको थलो बन्न सक्ने चेतावनी दिएको छ ।



 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang