आईतवार, २ पौष, २०७४ (Sun, 17 December, 2017)
आर्थिक
Dec 04, 2017
शेयर बजार परिसूचक नेप्सेमा आज १०.९ अंकको गिरावट, १५२६.७ अंकको बिन्दुमा पुगी कारोबार बन्द
सोमबार, मंसिर १८, २०७४
काठमाडौं : शेयर बजार परिसूचक नेप्सेमा आज १० दशमलव ९ अंकको गिरावट सहित १ हजार ५ सय २६ दशमलव सात ७ अंकको बिन्दुमा पुगी कारोबार बन्द भएको छ ।

आज कारोबार भएका अधिकांश समुह ओरालो लागेका छन् । कारोबार भएका १ सय ५७ कम्पनीको १० लाख १६ हजार ४ सय ९३ कित्ता सेयर खरिदबिक्रीबाट करिब ५४ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका कम्पनीहरु मध्ये सबै भन्दा धेरै होटल समुहमा १८ दशमलव नौ ३ अंक र उत्पादनमूलक समुहमा ५ दशमलव तीन ५ अंकको वृद्धि भएको छ । बाँकी सबै समुह घटेका छन् । सबैभन्दा बढी बीमा समुह १ सय ४ दशमलव पाँच ९ अंकले घटेको छ ।

त्यस्तै, लघुवित्त समुह २० दशमलव शुन्य ६ अंक र विकास बैंक समुह १४ दशमलव सात २ अंकले घटेका छन् । वाणिज्य बैंक, व्यापार, जलविद्युत, वित्त र अन्य समुह पनि सामान्य अंकले घटेका छन् ।

कारोबारको आधारमा सोमबार बुटवल पावर कम्पनीको सबै भन्दा धेरै अर्थात् करिब ३ करोड ३ लाख रुपैंया बराबरको कारोबार भएको छ । त्यसैगरी नेपाल क्रेडिट एण्ड कमर्सियल बैंकको करिब २ करोड ९३ लाख रुपैंया तथा शिखर इन्स्योरेन्स कम्पनीको २ करोड ८६ लाख रुपैंया बराबरको कारोबार भएको छ ।

सोमबार हिमालयन पावर पार्टनरका लगानीकर्ताले सबै भन्दा बढी करिब ६ दशमलव चार ७ प्रतिशतले कमाएका छन् भने ओरिएण्टल होटलका लगानीकर्ताले ३ दशमलव आठ ३ तथा सिनर्जी पावर डेभलपमेन्टका लगानीकर्ताले २ दशमलव नौ ८ प्रतिशतले कमाएका छन् ।

त्यसैगरी सबै भन्दा धेरै गुमाउनेमा युनाइटेड इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ५ दशमलव दुई ७ प्रतिशतले गुमाएका छन् । त्यसैगरी बरुण हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ३ दशमलव आठ ४ तथा छ्याङ्दी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ३ दशमलव सात २ प्रतिशतले गुमाएका छन् ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang