शनिबार, ९ आषाढ, २०७५ (Sat, 23 June, 2018)
खेलकूद
Dec 04, 2017
दसौं एसियाली एयर गन च्याम्पियनसिपमा सहभागी हुन सुटिङ टोली जापान जाँदै
सोमबार, मंसिर १८, २०७४
काठमाडौं : दसौं एसियाली एयर गन च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडी सहित ४ सदस्यीय नेपाली सुटिङ टोली मंगलबार जापानको वाको जाने भएको छ ।

डिसेम्बर ६ देखि १२ तारिखसम्म हुने प्रतियोगितामा दुई महिला खेलाडी सुस्मिता नेपाल र आयुशा केसीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । दुवैले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछन् ।

टिम व्यस्थापकमा नेपाल सुटिङ संघका सदस्य राजेशबहादुर श्रेष्ठ तथा प्रशिक्षकमा सुटिङ प्रमुख प्रशिक्षक प्रदीप खाती रहेका छन् । नेसनल राइफल एसोसिएन अफ जापानको आयोजनामा हुने उक्त प्रतियोगिता सन् २०१८ मा अर्जेन्टिनामा हुने युथ ओलम्पिकका लागि खेलाडी छनोटका रुपमा समेत रहेको प्रशिक्षक खातीले जानकारी गराए ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत तालिम तथा प्रशिक्षण विभागका निर्देशक नवीन उप्रेती र सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठले सोमबार सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे ।

सो अवसरमा अध्यक्ष श्रेष्ठले खेलाडीले स्वर्ण, रजत र कांस्य जितेमा संघले क्रमशः १ लाख, ५० हजार र २५ हजार नगद पुरस्कार प्रदान गर्ने घोषणा गरे । एसियाली सुटिङ महासंघका महासचिव समेत रहेका अध्यक्ष श्रेष्ठले खेलाडीले पदक जिते तालिमको छात्रवृत्तिका लागि एसियाली सुटिङ महासंघमा पहल गर्ने प्रतिबद्धता समेत जनाए ।

साथै कार्यक्रममा उपस्थिति खेलाडीका अभिभावकले पनि स्वर्ण, रजत र कांस्य जितेको खण्डमा अध्यक्ष श्रेष्ठले घोषणा गरे जति रकम नै खेलाडीलाई उपलब्ध गराउने वाचा गरे ।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Sunita Thapa