मंगलवार, ८ फागुन, २०७४ (Tue, 20 February, 2018)
खेलकूद
Dec 04, 2017
सुपर लिग खेल्ने खेलाडीको टुंगो लाग्यो
सोमबार, मंसिर १८, २०७४
काठमाडौं : हुवाइ नोभा टु आई इम्पेक्ट ठमेल ओपन टेबलटेनिस प्रतियोगिताको पुरुष/महिला सिंगल्सको समूह चरणका खेलहरु आज सम्पन्न भएका छन् । समूह चरणका खेल सकिएसंगै सुपर लिग खेल्ने १२ पुरुषमा तथा ९ महिला खेलाडीको टुंगो पनि लागेको छ ।

महिलाको समूह ‘ए’ बाट नेपाल आर्मी क्लबकी दीक्षा तामाङ पहिलो, नेपाल प्रहरीकी राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठ दोश्रो तथा नेपाल एपीएफ क्लबकी सिक्का सुवाल तेश्रो हुँदै सुपर लिगमा प्रवेश गरे ।

६ खेलाडी सहभागी यो समूहमा दीक्षाले शत प्रतिशत जित निकालिन् । नविताले ४ जित र १ हारको सामना गरिन् । सोमबारै भएको खेलमा दीक्षाले नवितालाई ३–१ को सेटमा पराजित गरेकी थिइन् ।

समूह ‘बी’ बाट एपीएफकी सेलिशा खड्गी, आर्मीकी रविना महर्जन र प्रहरीकी सोनु थापा मगर तथा समूह ‘सी’ बाट आर्मीकी स्वेच्छा नेम्वाङ, प्रहरीकी एलिना महर्जन र प्रहरीकी यशस्वी सुवाल सुपर लिगलाई चयन भए ।

पुरुषको समूह ‘ए’ बाट एपीएफका विलोश श्रेष्ठ र प्रहरीका विनेश खनियाँ, समूह ‘बी’ बाट एपीएफका शिवसुन्दर गोथे र आर्मीका चन्दन शाही तथा समूह ‘सी’ बाट एपीएफका अमरलाल मल्ल र आर्मीका नारायण घिमिरेले सुपर लिगमा स्थान बनाउन सफल भए ।

त्यसैगरी, समूह ‘डि’ बाट एपीएफका पुरुषोत्तम वज्राचार्य र प्रहरीका प्रदीप रोका, समूह ‘इ’ बाट राष्ट्रिय च्याम्पियन प्रहरीका श्यान्टु श्रेष्ठ र आर्मीका कृष्ण थापा मगर तथा समूह ‘एफ’ बाट प्रहरीका दीप साउन र भक्तपुरका राजिव चिकन्बन्जारले सुपर खेल्ने भएका छन् । सुपर लिगअन्तर्गत पुरुषका केहि खेल आजैबाट सुरु भएको छ ।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang
Sangam Gurung, Manish Bahadur Tamang