शनिबार, ३ कार्तिक, २०७५ (Sat, 20 October, 2018)
समाचार
Dec 05, 2017
निर्वाचनका सबै जिल्लामा मतदाता परिचयपत्र वितरण सुरु, मतदातालाई निर्भिकताका साथ मतदान गर्न निर्वाचन कार्यालयहरुको आग्रह
मंगलवार, मंसिर १९, २०७४

काठमाडौं : दोस्रो चरणको निर्वाचनका लागि सबै जिल्लामा मतदाता परिचयपत्र वितरण सुरु गरेको जिल्ला निर्वाचन कार्यालयहरुले जनाएका छन् ।

मंसिर २१ गते हुने निर्वाचनका लागि आजबाट परिचय पत्र वितरण सुरु गरिएको हो । दाङमा विहानैबाट सबै मतदानस्थलवाट परिचयपत्र वितरण सुरु भएको छ । नयाँ थपिएका र पहिले परिचय पत्र नलगेका करिब ९० हजार मतदाताको परिचय पत्र वुधवार र विहिवार वितरण गर्ने निर्वाचन कार्यालयले जनाएको छ ।

पर्सामा पनि विहानैदेखि मतदाता परिचयपत्र वितरण सुरु गरिएको छ । १ सय ६७ वटा मतदानस्थलबाट आज र भोली मतदाता परिचय पत्र वितरण गरिने निर्वाचन कार्यालयले जनाएको छ ।

७८ वटा अति संवेदनशील ७४ वटा संवेदनशील र १५ वटा सामान्य मतदान स्थलहरुमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सुरक्षा घेरामा मतदाता परिचय पत्र वितरण गरिएको छ । त्यस्तै धनकुटामा पनि परिचयपत्र वितरण सुरु गरिएको छ ।

मतदानस्थल र मतदान केन्द्र पुगेका कर्मचारीले मतदाता परिचयपत्र वितरण, मतदानका लागि आवश्यक कार्यस्थलको भौतिक तयारी, सूचना टाँस गर्ने र मतदाता शिक्षा कार्यक्रम संचालन गरिरहेका छन् ।

सर्वदलीय वैठक र मौन अबधिमा आचार संहिता उल्लघंन भए नभएको बारे पनि अनुगमन गरिरहेका छन् । त्यस्तै पाल्पा, बाँके, सिन्धुली, वारा, बर्दिया नवलपरासी लगायतका जिल्लामा पनि परिचयपत्र सुरु गरिएको छ । सवै मतदान स्थलमा मतदान अधिकृत सहित सुरक्षाकर्मी पुगिसेका छन् भने सुरक्षा ब्यवस्था भरपर्दो बनाइएको जिल्ला सुरक्षा समितिले जनाएको छ । मतदातालाई निर्भिकताका साथ मतदान गर्न समेत सवै जिल्ला निर्वाचन कार्यालयहरुले आग्रह गरेका छन् ।।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan