बुधबार, ४ पौष, २०७५ (Wed, 19 December, 2018)
समाचार
Dec 05, 2017
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवद्वारा आचार संहिता उल्लंघन गर्ने दलहरुलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता
मंगलवार, मंसिर १९, २०७४
काठमाडौं : प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनमा ७० प्रतिशत मत खस्ने अनुमान गरिएको बताएका छन् ।

निर्वाचनको अन्तिम तयारी तथा सुरक्षावारे आज काठमाडौंमा आयोजना गरिएको साक्षात्कार कार्यक्रममा प्रमुख आयुक्त यादवले पहिलो चरणमा भौगोलिक जटिलता र मौसम प्रतिकुलताका बाबजुत ६५ प्रतिशत मत खसेकोले यस पटक त्यो भन्दा बढी मत खस्ने अनुमान गरिएको बताए ।

उनले मतदानको समय नजिकिदै जाँदा दोहोरिइरहेका वम विस्फोट तथा उम्मेदवार लक्षित आक्रमणका घटनावारे दुख व्यक्त गर्दै चुनावी सुरक्षा सुधार हुनेमा आस्वस्थ हुन मतदातालाई आग्रह गरे ।

प्रमुख आयुक्त यादवले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको र मतदान केन्द्रको सुरक्षाका लागि सिसिटिभी जडान गर्न निर्देशन दिइसकेको जानकारी दिए । उनले निर्वाचन आचार संहिता पालना भएको बिषयमा निर्वाचन आयोगका पदाधिकारी र कर्मचारीहरुले सुक्ष्म रुपमा निगरानी गरिरहेको समेत स्पष्ट पारे ।

मौन अवधि शुरु भैसकेकोले राजनीतिक दलहरुलाई संयमित रहन तथा आचार संहिता उल्लंघन गर्नेलाई कारबाहीको दायरामा ल्याइने प्रतिबद्धता समेत व्यक्त गरे ।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan