आईतवार, २ पौष, २०७४ (Sun, 17 December, 2017)
समाचार
Dec 05, 2017
सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै आजदेखि ७२ घण्टाका लागि नेपाल-भारत सीमा नाकाहरुमा आवत-जावतमा रोक
मंगलवार, मंसिर १९, २०७४
काठमाडौं : निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै मंगलबार विहान देखी ७२ घण्टाका लागी विरगंजको नेपाल भारत सिमा बन्द गरिएको छ ।

मंसिर २१ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागी कुनै किसिमको अवरोधका गतिविधि हुन नदिन वीरगंजस्थित नेपाल भारत सिमा बन्द गरिएको हो । निर्वाचन सुरक्षालाई लिएर भारतसंगको सिमा जोडीएका तिन जिल्लाका सुरक्षा अधिकारीको समन्वयमा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने उदेश्य अनुरुप ७२ घण्टाका लागी सिमा बन्द गरिएको हो ।

नेपाल देखि भारत र भारतबाट नेपाल आउने सवारी साधनमा रोक लगाइएको छ भने एम्वुलेन्स, डिजेल, पेट्रोल लगायतका अत्यावश्यक गाडीहरुलाई सुरक्षा निकायको परामर्शमा आवतजावतमा रोक नलगाइने जिल्ला सुरक्षा समन्वय समितीले जनाएको छ ।

त्यस्तै देशको पश्चिमी नाका कञ्चनपुरको गड्डाचौकी लगायत जिल्लाका अन्य नाकाहरुबाट आवतजावतमा पनि रोक लगाएको छ ।

नेपाल तथा भारतका सुरक्षा अधिकारी विच बसेको बैठक बमोजिम ७२ घण्टा अगाडी पश्चिमी नाका गड्डाचौकी लगाएतका जिल्लाका अन्य नाकावाट आवतजावतमा रोक लगाईएको हो ।

निर्वाचनको समयमा कुनै प्रकारका अप्रीय घटनाहरु नहुन भन्नका लागी जिल्लाको सुरक्षा ब्यवस्थामा कडाई गरेको जिल्ला प्रशासनले जनाएको छ । निर्वाचनलाई शान्तिपुर्वक सम्पन्न गर्नका लागी नेपाल भारतका सुरक्षाकर्मीले सयुक्त रुपमा सिमा गस्ती गरिरहेको सशस्त्र प्रहरी बल, नेपाल राजश्व तथा भन्सार सुरक्षा गुल्म गड्डाचौकी का डिएसपि प्रेमप्रसाद पाण्डेले जानकारी दिए ।

यसैविच छिमेकी राष्ट्र भारतसँग जोडिएको नवलपरासीका सम्पुर्ण नाकाहरु ४८ घण्टाका लागि बन्द गरिएको छ । प्रशासनले जिल्लाको मुख्य नाका महेसपुर, त्रिवेणी, सुस्ता, झुल्नीपुर, भुजहाँ र गेरमीलाई बन्द गरेको छ ।

नाका बन्द गरेदेखि ईमरजेन्सीका सवारी साधन बाहेक कुनै सवारीहरु आवत जावत गर्न दिएको छैन । करिब ४० किलोमिटर खुल्ला सिमाना रहेको नवलपरासीको सबै नाकामा प्रहरीको कडा निगरानी छ ।

चुनावको समयमा भारतबाट घुसपैठ हुन सक्ने भन्दै प्रहरीले सिमामा सुरक्षा व्यवस्था चुस्तदुरुस्त पारेको छ ।

त्यस्तै बाँकैमा पनि सिमानाकामा २१ गते साँझ ५ बजे पछि आवतजावत गर्न सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । निर्वाचनभन्दा ७२ घण्टा अघिदेखि बाँकेमा नेपाल-भारत सीमा सिल गरिएको छ ।

अत्यावश्यक काम बाहेक भारतीय यात्रीहरुलाई नेपाल प्रवेश गर्न दिईएको छैन । सीमा नाका जमुनाहामा सुरक्षा व्यवस्था कडा बनाईएको छ ।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang