सोमबार, ३२ आषाढ, २०७५ (Mon, 16 July, 2018)
देश
Dec 05, 2017
दोस्रो चरणको प्नितिनिधिसभा र प्रदेशसभाकाे निर्वाचनको मौन अवधी गएरातिदेखि लागू
मंगलवार, मंसिर १९, २०७४

काठमाडौं : दोस्रो चरणको निर्वाचनको मौन अवधी गएरातिदेखि लागू भएको छ । निर्वाचन आयोगले स्वच्छ निस्पक्ष निर्वाचनको लागि मतदान हुनुभन्दा दुई दिन अगाडीबाट मौन अवधि लागू गरेको हो ।

यो अवधिमा राजनीतिक दलहरुले प्रचारप्रसार गर्न पाउने छैनन् । मौन अवधिको समयमा निर्वाचन आयोगले मतदाता शिक्षा दिने, मतदान केन्द्रहरु निर्माण गर्ने जस्ता काम गर्नेछ । आयोगले सबै दल तथा उम्मेद्वारहरुलाई पुर्ण रुपमा मौन अवधिको पालना गर्न आग्रह गरेको छ ।

साथै मतदानको ७२ घण्टा अगाडिबाट सिमा नाकाहरु पनि सिल गरिएको छ । दोस्रो चरणको निर्वचनमा ४५ जिल्लामा १ सय २८ प्रतिनिधिसभा सदस्य र २ सय ५६ प्रदेशसभा सदस्यका लागि निर्वाचन हुने छ ।

प्रतिनिधिसभा सदस्यका लागि १ हजार ६ सय ६३ उम्मेद्वार मैदानमा छन् भने प्रदेशसभाका लागि २ हजार ८ सय १९ उम्मेद्वार छन् । मतदानका लागि १५ हजार ३ सय ४४ मतदान केन्द्र तोकिएको छ भने १ करोड २२ लाख ३५ हजार ९ सय ९३ मतदाता छन् ।

दोस्रो चरणको निर्वाचन सुरक्षाका लागि २ लाख ७२ हजार सुरक्षाकर्मी खटाईने आयोगले जनाएको छ ।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Sunita Thapa