आईतवार, २ पौष, २०७४ (Sun, 17 December, 2017)
देश
Dec 05, 2017
छ वर्षपछि पहिलोपटक राष्ट्रसंघीय उच्च अधिकारी उत्तर कोरियामा, आणविक कार्यक्रमवारे छलफल, चिनद्वारा उक्त कदमको स्वागत
मंगलवार, मंसिर १९, २०७४

एजेन्सी : उत्तर कोरियामाथि थप कडा रुपमा प्रस्तुत हुन राष्ट्रसंघलाई दवाव बढिरहेका वेला संयुक्त राष्ट्रसंघका राजनीतिक मामिला प्रमुख आज उत्तर कोरियाको राजधानी प्योङयाङ पुगेका छन् ।

संयुक्त राष्ट्रसंघका राजनीतिक मामिला प्रमुख जेफ्री फेल्टम्यानले उत्तर कोरियाका विदेशमन्त्री रि योङ होका साथै बरिष्ठ अधिकारीहरुसँग उत्तर कोरियाको आणविक कार्यक्रम बारे छलफल गरेका छन् ।

छ वर्षपछि राष्ट्रसंघका उच्च पदाधिकारी पहिलो पटक उत्तर कोरियाको भ्रमणमा निस्केका हुन । उत्तर कोरियाले आफूमाथि आर्थिक प्रतिबन्ध लगाएको राष्ट्रसंघलाई नीतिगत वार्ताका लागि गत सेप्टेम्बरमा नै उत्तर कोरिया भ्रमणको निम्तो गरेको थियो । तर उत्तर कोरियाले अमेरिकी महादेशसम्म मार हान्न सक्ने दाबी गरिएको अन्तरदेशिय क्षेप्यास्त्र परीक्षण गरेको एक सातापछि आज राष्ट्रसंघका उच्च पदाधिकारी जेफ्री फेल्टम्यान उत्तर कोरियाको भ्रमणमा निस्किएका हुन ।

फेल्टम्यान राष्ट्रसंघका उच्च पदाधिकारी मात्र होइनन्, राष्ट्रसंघमा काम गरिसकेको अमेरिकाका उच्च तहका कुटनीतिज्ञ पनि हुन् । यतिखेर अमेरिका र दक्षिण कोरियाका सैनिकबीच संयुक्त सैन्य युद्ध अभ्यास भैरहेको छ ।

यस्तो पृष्ठभूमिमा फेल्टम्यानको भ्रमणलाइ विशेष चासोको रुपमा हेरिएको छ । यद्यपी फेल्टम्यानले उत्तर कोरियाली नेता किम जोङ उनसँग भेट्ने कार्यक्रम भने छैन ।
 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang