आईतवार, २ पौष, २०७४ (Sun, 17 December, 2017)
समाचार
Dec 06, 2017
निर्धक्क भएर मतदानमा सहभागी हुन गृह मन्त्रालयको आग्रह
बुधबार, मंसिर २०, २०७४
काठमाडौं : गृह मन्त्रालयले भोलि हुने मतदानका लागि सम्पूर्ण सुरक्षा ब्यवस्था मिलाइएको भन्दै निर्धक्क भएर मतदानमा सहभागी हुन मतदातालाई आग्रह गरेको छ ।

निर्वाचनको पूर्वसन्ध्यामा आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा गृहसचिव मोहनकृष्ण सापकोटाले निर्वाचन सुरक्षा व्यवस्थित गरिएकोले भयरहित वातावरणमा मतदान सम्पन्न हुने बताए । निर्वाचनका लागि खटिने कर्मचारी र सुरक्षाकर्मीहरु मतदान केन्द्रसम्म पुगिसकेको समेत गृहमन्त्रालयले जनाएको छ ।

निर्वाचन सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र म्यादी प्रहरी गरी २ लाख सुरक्षाकर्मी परिचालन गरिएको गृहसचिव सापकोटाले जानकारी दिए ।

घटना हुनै नदिने र भएको अवस्थामा १० देखि ३० मिनेटभित्रै घटनास्थलमा सुरक्षाकर्मी पुग्ने गरी व्यवस्था मिलाइएको गृह मन्त्रालयले जनाएको छ । निर्वाचन विरोधी गतिविधिलाई निस्तेज पार्न सुरक्षा रणनीति सक्षम रहेको भन्दै गृह मन्त्रालयले सबै मतदातालाई ढुक्क भएर मताधिकार प्रयोग गरी जनप्रतिनिधि चुन्न आग्रह समेत गरेको हो ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang