बुधबार, २ श्रावन, २०७५ (Wed, 18 July, 2018)
समाचार
Dec 06, 2017
भोलि हुने मतदानको तयारी पूरा भएको निर्वाचन आयोगद्वारा जानकारी
बुधबार, मंसिर २०, २०७४
काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा चुनाव दोस्रो चरण अन्तर्गत भोलि हुने मतदानको तयारी पूरा भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

आयोगले आज पत्रकार सम्मेलन गरी भोलिको निर्वाचनको लागि सबै स्थानमा आवश्यक कर्मचारी, मतपत्र, मतपेटिका तथा सुरक्षाकर्मी पुगिसकेको जानकारी गराएको हो ।

आयोगले ४५ जिल्लाका प्रतिनिधिसभाका १ सय २८ र प्रदेशसभाका २ सय ५६ क्षेत्रमा भोलि हुने मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको भन्दै भोलि विहान ७ बजे मतदान स्थलमा पुग्न आग्रह गरेको छ ।

मतदाता तर्साउनका लागि चुनाव बिरोधी गतिबिधि भइरहेको भएपनि सुरक्षा बन्दोबस्त गरिएकोले ढुक्क भएर मतदान गर्न जान आयोगले अपील गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले एकाध घटनाबाट नडराई संविधानको कार्यान्वयन र सङ्क्रमण कालको अन्त्य गर्न निर्भिकतापूर्वक मतदान गर्न मतदातालाई आह्वान गरे ।

यो निर्वाचनबाट नेपालको संविधान कार्यान्वयन भई संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ हुने र राज्यको पुनर्संरचना व्यवहारमै लागू भएर विद्यमान सङ्क्रमणकालको अन्त्य हुने भएकोले मतदान शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सहयोग गर्नुपर्ने प्रमुख आयुक्त यादवको भनाई थियो ।

प्रतिनिधिसभाका १ सय २८ सिटका लागि एक हजार ६ सय ६६ र प्रदेशसभाका २ सय ५६ सिटका लागि विभिन्न दल र स्वतन्त्र गरी २ हजार ८ सय १९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । यस्तै समानुपातिक तर्फ प्रतिनिधिसभाका १ सय १० सिट र प्रदेशसभाका २ सय २० सिटका लागि पाँच हजार ८ सय ३८ जना रहेका छन् ।

दोस्रो चरण अन्तर्गत बिहीबार मतदान हुने ४५ जिल्लामा जम्मा एक करोड २२ लाख ३९ हजार ९ सय ९३ जना मतदाता रहेका छन् । निर्वाचनमा सामान्य स्वास्थ्य उपचारको व्यवस्था पनि गरिएको छ भने अपाङ्गता भएका, गर्भवती सुत्केरी, ज्येष्ठ नागरीक, असक्त र विरामीलाई प्राथमिकता दिइ मतदान प्रक्रियामा सरिक गराइने आयोगले जनाएको छ ।

निर्वाचनको पुर्वसन्ध्या एवं मतदान अवधिभर आचारसंहिताको पुर्णपालना गर्न आयोगले सबै सरोकारवाला पक्षसँग पुनः आग्रह गरेको छ ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Sunita Thapa