आईतवार, २ पौष, २०७४ (Sun, 17 December, 2017)
देश
Dec 06, 2017
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिने
बुधबार, मंसिर २०, २०७४
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिने र तेल अभावमा रहेको अमेरिकी दूताबासलाई जेरुसेलम सार्न निर्देशन दिने बताइएको छ ।

ट्रम्पको यो निर्णयले विबादित शहर जेरुसेलम बारे अमेरिकाले दशकौंदेखि लिएको नीतिलाई तोड्नुका साथै अन्तर्राष्ट्रिय सहमति समेत उल्लंघन हुने बताइएको छ । ट्रम्पले यसबारे मंगलबार प्यालेष्टिनी राष्ट्रपति महम्मुद अब्बास र साउदी राजा सलमान सहित मध्यपूर्वका थुप्रै नेतासँग टेलिफोन वार्ता गरेका थिए ।

उनीहरुले ट्रम्पको यो निर्णियले मध्यपूर्वमा हिंसा भड्किने चेतावनी दिएका छन् । प्यालेष्टिनी राष्ट्रपति अब्बासले ट्रम्पको उक्त कदमले मध्यपूर्वमा शान्तिका लागि मध्यस्तथा गर्ने आफ्नो प्रयासलाई समेत बिथोल्ने बताएका छन् ।

राष्ट्रपति ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा इजरायलसमर्थक मतदातासँग गरेको वाचा पूरा गर्न यस्तो योजना बनाएका हुन् । अमेरिकी संसदले विगत २२ वर्षदेखि जेरुसेलमलाई इजरालयको राजधानीको मान्यता दिनुपर्नेमा जोड दिइरहेका थिए तर विगतका राष्ट्रपतिले यस्तो निर्णय शान्ति प्रयासमा घातक हुने भन्दै त्यसको विपक्षमा अडान लिइरहेका थिए । मुसलमान, इसाई र यहुदीहरुले समेत पवित्र भूमिका रुपमा मान्ने जेरुसेलमलाई इजरायल र प्यालेष्टाइन दुबैले आफ्नो राजधानी बताउने गरेका छन् ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang