आईतवार, ९ बैशाख, २०७५ (Sun, 22 April, 2018)
देश
Dec 06, 2017
सबै जिल्लाहरुमा भोलि मतदान सकिएपछि साँझ पाँच बजेबाट मतगणना शुरु गरिने
बुधबार, मंसिर २०, २०७४
काठमाडौं : पहिलो चरणमा निर्वाचन सम्पन्न भएका सवै जिल्लाहरुमा भोली मतदान सकिएपछि साँझ पाँच वजेवाट मतगणना शुरु गरिने जनाइएको छ ।

पहिलो चरणमा निर्वाचन सम्पन्न भएको डोल्पामा साझ पाँच बजे पछि मतगणना शुरु हुने जनाइएको छ । मतगणनाको लागि मूख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणना स्थललाई तारजाली लगाएर ब्यवस्थित गरेको छ । सुरक्षा सहजताका लागि मतगणना स्थललाई तारजालीले घेरेको मूख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

त्यस्तै धादिङमा पनि भोली साँझदेखि मतगणना गर्ने तयारी भएको छ । दुइवटा निर्वाचन क्षेत्र रहेको धादिङमा छुट्टाछुट्टै स्थानबाट दुइवटै क्षेत्रको मतगणना एकैपटक गणना गर्ने तयारी भएको जिल्ला स्थीत निर्वाचन कार्यालयले जनाएको छ ।

मतगणनास्थलमा फलामे तारजालीको व्यवस्था गरिएको छ । तारजाली बाहिर राजनितिक दलका प्रतिनिधि, पत्रकार र पर्यवेक्षकका लागि बस्ने ब्यवस्था मिलाइएको छ भने भित्र मतगणकहरु बसेर गणना गर्ने ब्यवस्था मिलाइएको छ ।

पाँचथर जिल्लामा पनि भोली वेलुका पाँच बजेबाट नै मतगणना शुरु हुनेछ । मतगणनाका लागि सबै तयारी पूरा गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आज वसेको सर्बपक्षिय बैठकले कडा सुरक्षा घेराविच भोली साँझवाट मतगणना गर्ने निर्णय गरेको हो ।

नुवाकोट र रसुवामा पनि भोली साँझ देखी नै मतगणना सुरु गरिने गरि तयारी पुरा भएको छ । मतगणनाको लागि सम्पुर्ण तयारी पुरा भएको र तीन दिनभित्र अन्तिम मत परिणाम सार्वजनिक गरिने दुवै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नुवाकोटमा तीन दिनभित्र अन्तिम मत परिणाम सार्वजनिक गर्ने लक्ष्य अनुसार तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Dilman Gurung, Rita Gurung,
Kiran Gurung, Janga Bahadur Bomjan, 
Sangam Gurung, Chandra Bahadur Ghale