आईतवार, ९ बैशाख, २०७५ (Sun, 22 April, 2018)
खेलकूद
Dec 06, 2017
आसिसी वर्ल्ड क्रिकेट लिग अन्तिम चरणको पहिलो खेलमा नेपाल युएईसँग ७ विकेटले पराजित
बुधबार, मंसिर २०, २०७४
काठमाडौं : आईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरणको पहिलो खेलमा नेपाल युएईसँग पराजित भएको छ ।

युएईको अबुधाबीस्थित शेख जायद क्रिकेट स्टेडियममा युएईले नेपाललाई ७ विकेटले हराएको हो । युएईले नेपाललाई हराउने क्रममा निर्धारित लक्ष्य ४५ दशमलब ५ ओभरमा तीन विकेट गुमाउँदै पुरा गर्यो ।

युएईलाई जित दिलाउने क्रममा गुलाम सब्बिरले नटआउट ८१ तथा रोहन मुस्तफाले ६२ रनको महत्वपूर्ण पारी खेले । त्यसैगरी रमिज शहजादले ३७ रनको योगदान दिए ।

नेपालको लागि सन्दिप लामिछाने र शरद भेषावकरले समान एक एक विकेट लिए । यसअघि युएईले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको थियो । नेपालले निर्धारित पचाँस ओभरमा ६ विकेटको क्षतिमा २ सय २१ रनको कुल योगफल तयार पारेका थियो ।

नेपालको इनिङमा शरद भेषावकरले नटआउट ८१ रनको पारी खेले भने उपकप्तान ज्ञानेन्द्र मल्ले ५४ रनको योगदान गरे । त्यस्तै सोमपाल कामी र पारस खड्काले समान बीस बीस रन बनाए ।

युएईका लागि जाहुर खानले दुई तथा अहमद राजा, रोहन मुस्तफा र मोहम्मद नावेदले एक एक विकेट लिएका थिए । जितसँगै युएईले १३ खेलबाट ८ अंक बटुल्दै लिगको छैठौ स्थानमा उक्लिएको छ भने नेपालको समान खेलबाट नौ अंक छ र पाँचौ स्थानमा यथावत छ ।

दुबै टोलीले अन्तिम चरणको खेललाई प्रतिष्ठाको विषय बनाएको छ भने दुबै टोली प्रतियोगिताबाट भने यसअघि नै बाहिरिदै डिभिजन टु मा घटुवा भईसकेका छन् । सन् २०१९ मा हुने क्रिकेट विश्वकपको दौडमा रहिरहन अन्तिम मौकाको रुपमा डिभिजन टु को विकल्प बाँकि छ ।

डिभिजन टु को खेल आगामी वर्ष फेब्रुअरीमा नामिबियामा हुनेछ । डिभिजन टु मा शीर्ष दुई स्थानमा रहने टोलिले विश्वकपको क्वालिफायर्स खेल्ने मौका पाउने छन् । नेपाल र युएईबिचको अन्तिम चरणको दोश्रो खेल शुक्रबार हुनेछ ।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Dilman Gurung, Rita Gurung,
Kiran Gurung, Janga Bahadur Bomjan, 
Sangam Gurung, Chandra Bahadur Ghale