बुधबार, ४ पौष, २०७५ (Wed, 19 December, 2018)
मनोरञ्जन
Dec 06, 2017
प्रथम राष्ट्रिय शाँदार सिल प्रतियोगिता २०७४ सम्पन्न
बुधबार, मंसिर २०, २०७४
ओखलढुंगा : सुनुवार सेवा समाज वडा समिति, काःत खिजीदेम्बा ४, ओखलढुंगा दिकर्बुमा प्रथम राष्ट्रिय श्याँदर सिल प्रतियोगिता २०७४ सम्पन्न भएको छ ।

नेपाल आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत बहादुर सुनुवारको प्रमुख आतिथ्यमा सो कार्यक्रमको उदघाटन गरिएको थियो । प्रतिगोगितामा जातीय पहिचान सहितको लोपोन्मुख नृत्य प्रस्तुत गरिएको थियो ।

एक दिन चलेको सो श्याँदार सिल प्रतियोगितामा खिजि चण्डेश्वरी सुसेस ओखलढुंगाले नगद रु. दश हजार र ट्रफी प्रमाण-पत्र सहित प्रथम भएको थियो भने नगद रु. सात हजार र ट्रफी प्रमाण-पत्र सहित प्लेत्ति, रामेछाप दोस्रो भयो । त्यस्तै काःत सुसेस, ओखलढुंगाले सान्त्वनामा चित्त बुझायो । त्यस्तै सुसेस ग्लोलि र सोलुखुम्बुले उत्कृष्ट नृत्य सङ्योजनको उपाधि निधिभक्त सुनुवारले प्राप्त गरे ।

प्रथम राष्ट्रिय श्याँदर सिल प्रतियोगिता २०७४ निर्णायक भूमिकामा महेन्द्र सुनुवार निभारे, देविध्वाज सुनुवार खिची, आशिष सुनुवार काःत, बृहसमान सुनुवार महेन्द्रनगर सुनसरि, का:तिच उकुसु काःत रहनुभएको थयो ।

११ वटा श्याँदारथानको दर्शन हुने काःत शाँदार ग्योर भएको हुँदा यहाँ पिदार गर्दा सबै शाँदारको पुजा हुने गरेको छ । पर्यटन विकासको मेरुदण्ड भएको सो जिल्लामा अब अर्को वर्ष सहभागीहरु उल्लेखनीय उपस्थिति हुने अनुमान गरिएको छ । यस प्रतियोगिताले नयाँ पुस्तामा जोश र जाँगर थपेको छ ।

प्रथम राष्ट्रिय श्याँदर सिल प्रतियोगिता २०७४ को होलिस्टिक हेल्थ प्रा.लि. काठमाडौं, नरेश सुनुवार ठुले फोत (हाल हङकङ), श्यामकर्ण सुनुवार फोत (हाल हङकङ), नविन सुनुवार फोत (हाल हङकङ), मोहन सुनुवार देउरुम्बा (हाल हङकङ), सुरेन्द्र सुनुवार पुस्पते पोखरी (हाल हङकङ), लिमन काःतिच (लिला सुनुवार) साब्ला रावादोलु (हाल अस्ट्रिया), श्याम सुनुवार जेस्पुच प्लेत्ति (हाल हङकङ), मिलन सुनुवार प्लेत्ति ग्युदु (हाल हङकङ), दुर्गा सुनुवार पुस्पते पोखरी (हाल काठमाडौं), तारा सुनुवार हाँवा दोलखा (हाल कुस्मा, पर्वत), तुलाराज सुनुवार ग्योफा प्लेत्ति (हाल हङकङ), भिषण सुनुवार खिजी चण्डेश्वरी (हाल हङकङ), बीरबहादुर सुनुवार फोत (हाल हङकङ), प्रकाश सुनुवार खिजी चण्डेश्वरी (हाल हङकङ)ले मुख्य प्रायोजन गरेको थियो ।

बगैंचा डट कम, सुनुवार डट ओआरजि, इन्यूज नेपाल डट कम, अखबर नेपाल डट कम, इहोलिस्टिकन्यूज डट कम, इन्डिजिनिअसभ्वाइस डट कम, रेडियो लिखु, रेडियो कैरन, इन्डिजिनिअस टिभि, अगुल्टो साप्ताहिक र अखवर टाइम्स साप्ताहिक मिडिया पार्टनर रहेको थियो ।
 

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan