बुधबार, २६ मंसिर, २०७५ (Wed, 12 December, 2018)
समाचार
Dec 14, 2017
प्रदेश र प्रतिनिधिसभा निर्वाचन समानुपातिक तर्फको मतगणना अन्तिम चरणमा
बिहीवार, मंसिर २८, २०७४
काठमाडौं : प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत अहिले प्रतिनिधिसभा तर्फको समानुपातिक मतगणना अन्तिम चरणमा पुगेको छ ।

मत गणना सकिन लाग्दा पनि समानुपातिक तर्फ नेकपा एमालेले अग्रता कायमै राखेको छ । नेपाली कांग्रेसले एमालेलाई पछ्याइरहेको छ भने नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ ।

त्यसैगरी संघीय समाजवादी फोरम, राजपा, विवेकशील साझा, नयाँ शक्ति नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक, नेपाल मजदुर किसान पार्टी क्रमश रहेका छन् ।

निर्वाचन आयोगले दिएको तथ्याङ्क अनुसार समानुपातिक तर्फ तीन प्रतिशतको थ्रेसहोल्ड कटाउनेमा प्रमुख तीन दलहरु एमाले, कांग्रेस र माओवादी तथा दुई मधेश केन्द्रित संघीय समाजवादी र राजपा नेपाल मात्रै देखिएका छन् ।

तीन प्रतिशत मत नपाए समानुपातिकमा कुनै सिट नपाइने संबैधानिक ब्यवस्था छ । समानुपातिक तर्फको मतमा दुई प्रमुख दलबीच कडा प्रतिस्पर्धा देखिएको छ । अघिल्लो निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको कांग्रेसलाई यसपटक समानुपातिक तर्फ पनि एमालेले पछि पारिरहेको छ ।

थ्रेसहोल्ड कायम रहेको अवस्थामा तीन प्रतिशत मत नल्याउनेको ११ सिट पनि तीन ठूला दलले बाँडेर लिने छन् । यस पटक प्रतिनिधि सभामा १ सय १० सिट समानुपातिकका लागि छुट्याइएको छ ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan