बुधबार, ३ असोज, २०७५ (Wed, 19 September, 2018)
देश
Dec 15, 2017
प्रदेश ३ मा को होला त मुख्यमन्त्री ?
शुक्रबार, मंसिर २९, २०७४
काठमाडौं : प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक भइसकेको छ । प्रदेशहरु १, ३, ४, ५, ६ र ७ मा प्रदेश तथा प्रतिनिधिसभा दुबैतर्फ वाम गठबन्धनको स्पष्ट बहुमत छ ।

निर्वाचनअघि नै ६०/४० कै भागबण्डा अनुसार मुख्यमन्त्री समेत भाग लगाइसकेको भनिएको गठबन्धनमा फेरि पनि मुख्यमन्त्री को बन्ने भन्ने चर्चा चुलिएको छ ।

राजधानी सहित १२ जिल्ला समेटिएको प्रदेश ३ मा प्रदेशसभाका ६६ मध्ये ४२ सिटमा एमालेले जित हाँसिल गरेको छ । वाम गठबन्धनको एक घटक माओवादीले १५ सिट हात पारेको छ । एमाले एक्लैले ६३ दशमलव६३ प्रतिशत सिट जितेको प्रदेश ३ मा माओवादी सहितको वाम गठबन्धनको जित ८६ दशमलव ३६ प्रतिशत हुन आउँछ ।

यो प्रदेशमा नेपाली कांग्रेसले ७ सिटमा सिमित भयो भने नयाँ शक्ति र नेमकिपाले एक एक सिट जितेका छन् । काठमाडौ भक्तपुर ललितपुर मकवानपुर धादिङ सिन्धुपाल्चोक काभ्रेपलाञ्चोक सिन्धुली दोलखा रामेछापरसुवा चितवन समेटेको यो प्रदेशमा एमालेले राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीको रुपमा प्रदेशसभामा उठाएको चर्चा निर्वाचन अघि नै चलेको थियो ।

प्रदेश ३ कै मुख्यमन्त्रीको दावेदारमा अष्टलक्ष्मी शाक्य पनि मैदानमा उत्रिएकी छन् । शाक्य काठमाडौ क्षेत्र नम्बर ८ को प्रदेशसभा २ मा निर्वाचित भएकी हुन् भने पाण्डे धादिङ क्षेत्र नम्बर १ को १ मा विजयी सांसद हुन्। शाक्यलाई प्रादेशिक संसदको सभामुख बनाउंने चर्चा पनि छ ।

पार्टीको महाधिवेशनमा विजयी उपाध्यक्ष शाक्य र पराजित पाण्डेमध्ये कसलाई मुख्यमन्त्री बनाउने भन्ने चर्चा पार्टीभित्र चलिरहेकै समयमा काठमाडौ क्षेत्र नम्बर ६ को प्रदेशसभा १ मा विजयी केशव स्थापितले आफु नैमुख्यमन्त्रीको दावेदार भएको दावी गरेका छन् ।

काठमाडौमै संघीय संसद राष्ट्रिय सभा सहित संघीय मन्त्रीपरिषद समेत हुने भएकोले प्रदेश ३ को संसद भक्तपुरमा रहनुपर्ने माग उठेको छ । ६६ जना प्रत्यक्ष निर्वाचित यो प्रदेशमा समानुपातिकबाट ४४ जना सांसदआउंनेछन् ।

१ सय १० जनाको प्रदेशसभा बन्ने यो प्रदेशमा मुख्यमन्त्रीको नेतृत्वमा २२ सदस्यीय प्रदेश सरकार गठन हुनेछ । वाम गठबन्धनले दुई तिहाई बहुमत प्राप्त गरेकोले सरकार वाम गठबन्धनकै बनेपनि नेतृत्वमा कोरहन्छ भन्ने निर्क्यौल गर्न अझै केहि दिन कुर्नैपर्ने हुन्छ ।

- मनिष बहादुर तामाङ
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan