बुधबार, २६ मंसिर, २०७५ (Wed, 12 December, 2018)
देश
Dec 15, 2017
भक्तपुरमा नारायणमान विजुक्छेको विरासत, प्रेम सुवालको जित
शुक्रबार, मंसिर २९, २०७४
भक्तपुर: भक्तपुर एकमा हरेक निर्वाचनमा सँधै जित्छ नेपाल मजदुर किसान पार्टीले । बाम गठबन्धन र लोकतान्त्रिक कुनै पनि गठबन्धनमा नरहेपनि नेमकिपाले यस पटक पनि आफ्नो सिट सुरक्षित गरेको छ त्यो पनि भारी मतान्तर सहित ।

भक्तपुरको एउटा क्षेत्रमा नेमकिपाले हरेक चुनावमा एकछत्र जीत हासिल गर्दै आएको छ । २०४८ साल यता नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेले पाँच पटक निरन्तर चुनाव जिते । तर पछिल्लो प्रतिनिधसभाको निर्वाचनसम्म आइपुग्दा भने विजुक्छेले नेपालमा दुर्लभ नै मानिने आफ्नो पालो पुगेको महसुस गर्दै नेतृत्व हस्तान्तरणको प्रक्रिया शुरु गरे । आफूले जित्दै आएको स्थानमा विजुक्छेले पार्टीकै सचिव प्रेम सुवाललाई प्रतिनिधिसभा सदस्यका रुपमा अघि सारेपनि मतदाताले विजुक्छेको विरासत कायम नै राखिदिए ।

यस पटक अध्यक्ष बिजुक्छे चुनावमा नउठ्दा अन्य दलले चुनाव आफ्नो पक्षमा पार्न सकिन्छ कि भन्ने आशा नगरेका होइनन् । तर मतदाताले त्यस्तो अपेक्षालाई गलत सावित गरिदिए । विजुक्छेले सरकारमा सहभागी नभएर प्रतिपक्षीको भूमिका निर्वाह गरेका कारण आफूले पनि जनमत पाएको विजेता सुवाल बताउँछन् ।

प्रतिनिधसभामा निरन्तर जीत हासिल गरेर भक्तपुरलाई नेमकिपाकै किल्ला सावित गरेपनि विजुक्छेको विरासतमा प्रश्न नलागेको भने होइन । यस पटक प्रदेशसभाको निर्वाचनमा क्षेत्र नम्बर एक ‘क’ मा बाम गठबन्धनबाट नेकपा एमालेले जीतेको छ ।

गठबन्धनका उम्मेदवार हरिशरण लामिछानेले नेमकिपाको किल्लामा धावा बोलेका छन् । यद्यपी प्रदेशसभा क्षेत्र नम्बर १ को ‘ख’मा भने नेमकिपाकै सुरेन्द्र गोसाइँले भारी मत ल्याएर जीत हासील गरे ।

विजुक्छेको विरासत जोगाउँदै भक्तपुर १ मा विजयी भएका सुवाल २०३४ सालदेखि सक्रिय रुपमा राजनीतिमा लागेका थिए । भक्तपुर चोछें टोलमा जन्मिएका सुवाल २०६४ र २०७० सालको संविधानसभाको निर्वाचनमा समानुपातिक तर्फबाट सभासद बनेका थिए ।

आफ्नै क्षेत्रको एउटा प्रदेशसभा सिट वाम गठबन्धनले जितेपनि पार्टीलाई कुनै फरक नपार्ने उनले बताएका छन् । यद्यपी एउटा सिट नेमकिपाको नियन्त्रणबाट बाहिर जानुलाई विजुक्छेको विरासतको निरन्तरतामाथिको प्रश्नको रुपमा पनि नहेरिएको भने होइन ।

- मनिष बहादुर तामाङ
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan