सोमबार, ३२ आषाढ, २०७५ (Mon, 16 July, 2018)
समाचार
Dec 15, 2017
चितवनमा नेपाली कांग्रेसको नराम्रो पराजय
शुक्रबार, मंसिर २९, २०७४
चितवन : चितवनलाई कुनै बेला कांग्रेसको गढ मानिन्थ्यो । तर यस अघि २०४८ मा पनि नेकपा एमाले, नेकपा संयुक्त र जनमोर्चा नेपाल जितेर कांग्रेसलाई परास्त गरेका थिए । २०५१ सालको निर्वाचनमा चितवनका चार क्षेत्र मध्ये एमाले र कांग्रेसले दुई-दुई क्षेत्रमा जित हात पारेका थिए ।

२०५४ सालमा चार वटै निर्वाचन क्षेत्रमा काग्रेसले विजय हासिल गर्‍यो । ५ क्षेत्र निर्धारण भएपछि २०६४ सालको संविधानसभाको निर्वाचनमा एउटा क्षेत्रमा नेकपा एमाले, तीन क्षेत्रमा तत्कालीन नेकपा माओवादी र जनमोर्चा नेपालले एक क्षेत्र जित्दै कांग्रेसलाई पाखा लगाएका थिए ।

२०७० सालमा दोस्रो पटकको संविधान सभा निर्वाचनमा कमब्याक गरेको कांग्रेसले दुई, एमालेले दुई र राप्रपाले एक स्थान जितेका थिए । चितवनमा यसपटक फेरी बामपन्थी गठबन्धनले कब्जा जमाएको छ । यो निर्वाचनमा नेपाली कांग्रेसले एक सिट पनि जित्न सकेन । चितवनमा वाम गठबन्धनको जितपछि उत्साहित देखिन्छन् विजेता उम्मेद्वाहरु ।

क्षेत्र नम्बर १ को प्रदेश सभा सदस्य अन्तर्गत ‘क’ मा दावा दोर्जे लामा र ‘ख’ मा एमालेकै कृष्णप्रसाद खनाल विजयी भएका छन् । क्षेत्र नम्बर दुई अन्तर्गत प्रतिनिधि सभामा एमालेका कृष्णभक्त पोखरेल विजयी हुँदा प्रदेश सभा सदस्यमा ‘क’ मा माओवादी केन्द्रका घनश्याम दाहाल र ‘ख ’ प्रदेशबाट एमालेका विजय सुवेदीले जितेका छन् ।

क्षेत्र नं ३ ‘क’ मा वाम गठबन्धन तर्फबाट एमालेका कृष्ण भुर्तेल ख मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका रामलाल महतोले कांग्रेसका साजनकुमार महतोलाई पराजित गरे । क्षेत्र नम्बर तीनमा माओवादी केन्द्रको फराकिलो मतान्तर सहितको जीतलाई बाम गठबन्धनले प्रतिष्ठाको विषय बनाएको छ ।

यस पटक चितवनमा प्रतिनिधि सभामा ४२ जना र प्रदेश सभामा ५३ जना उम्मेदवार प्रतिष्पर्धामा थिए । त्यसमध्ये ३७ जना उम्मेदवारले १०० भन्दा कम मत ल्याएका छन् । चितवनमा विजयी भएका र निकटतम प्रतिद्वन्द्वी रहेका कुल १८ जना बाहेक एक हजारभन्दा बढी मत ल्याउने उम्मेदवारको संख्या पनि जम्मा चार मात्र छ ।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Sunita Thapa