आईतवार, ९ बैशाख, २०७५ (Sun, 22 April, 2018)
समाचार
Dec 15, 2017
चुनावी पराजयसँग कांग्रेसभित्र अव के गर्ने भनेर अनौपचारिक बहस शुरु
शुक्रबार, मंसिर २९, २०७४
काठमाडौं: संसदकै ठुलो र पुरानो दल कांग्रेसबाट, यो निर्वाचनमा प्रतिनिधिसभा तर्फ कूल १ सय ६५ मध्ये केवल २३ जना सांसद विजयी भए ।

अर्थात कांग्रेस १४ प्रतिशत सिटमा खुम्चियो । निर्वाचनमा पराजयका परिणामबारे आफ्नै तर्क भएपनि एकथरी नेताहरुले अव पार्टीको नेतृत्व परिवर्तन गर्नुपर्ने बहस जवर्जस्त रुपमा उठाउन खोजेका छन् । ७० काटेको नेतृत्व र नेतृत्वको पुरानै कार्यशैलीका कारण पार्टीले हार भोग्नु परेकोले नयाँ पुस्तालाई पार्टी सञ्चालनको जिम्मा दिनुपर्ने ती नेताहरुको तर्क छ ।

नेतृत्व परिवर्तन गरेर जानुपर्ने तर्क गर्ने नेताहरुको बुझाइमा पार्टी पराजयको कारण एउटा वाम गठबन्धन हो भने अर्को ७० नाघेको नेतृत्वको अकर्मण्यता । समय सान्दर्भिक रुपमा पार्टी चलाउन आलोचना गरेर मात्र होइन, पार्टीभित्रै छलफल गरेर जानुपर्ने मध्यमार्गी मतपनि बलियो बन्दै छ कांग्रेसभित्र ।

सात दशकभन्दा लामो इतिहास बोकेको पार्टी भएका कारण पनि हुन सक्छ नेपाली कांग्रेसको नेतृत्वमा साठी कटेका धेरै नेता छन् । सबैभन्दा पुरानो लोकतन्त्रबादी पार्टी भएपनि पुरानै पुस्ताको नेतृत्वमा मनोमानी रुपमा चलाइएको भन्दै कांग्रेसको आन्तरिक लोकतन्त्रबारे पनि प्रश्न उठ्ने गर्छ । यद्यपी नेतृत्व परिवर्तन र आलोचनाले समाधान नदिने भन्दै अर्का थरी नेताहरु भने तत्काल नेतृत्व परिवर्तनको पक्षमा देखिन्न ।

लामो समय कोइराला परिवारले नेतृत्व गरेको कांग्रेसको नेतृत्व अहिले पारिवारिक राजनीतिक पृष्ठभूमि भन्दा बाहिरबाट आएका शेरबहादुर देउवाको काँधमा छ । १३ औं महाधिवेशनबाट पारिवारिक नेतृत्वको विरासतलाई अल्पविराम लगाउँदै देउवा नेतृत्व अनुसार पार्टीलाई सञ्चालन गर्नभने उनीपनि असफल भएको विश्लेषकहरुको बुझाइ छ । पार्टीको पूर्ननिर्माणका लागि तलदेखी माथीसम्मै बहस चलाएर युवापुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्ने आवाज सर्वत्र उठ्न थालेको छ ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Dilman Gurung, Rita Gurung,
Kiran Gurung, Janga Bahadur Bomjan, 
Sangam Gurung, Chandra Bahadur Ghale