मंगलवार, १ श्रावन, २०७५ (Tue, 17 July, 2018)
खेलकूद
Dec 18, 2017
एसेज सिरिज अष्ट्रेलियाको पोल्टामा, तेस्रो टेष्टमा पनि इंग्ल्याण्ड पराजित
सोमबार, पौष ३, २०७४
काठमाडौं : इङ्ल्याण्ड बिरुद्धको एसेज टेष्ट श्रृङखला अष्ट्रेलियाले आफ्नो पोल्टामा पारेको छ । ५ टेस्टको श्रङखलामा लगातार तेस्रो जित हात पारेको अष्ट्रेलियाले २ खेल अगाबै सिरिज आफ्नो पोल्टामा पारेको हो ।

तेश्रो टेष्टमा कप्तान स्टेफन स्मिथ र मिचेल मार्सले उत्कृष्ट व्याटिङ गरे भने प्याट्रिक जेम्स तथा मिचेल स्टार्कको कसिलो बलिङ प्रदर्शनको प्रेरणामा अष्ट्रेलियाले इङल्याणलाई अन्तिम इनिङ अगाबै ४१ रनले पराजित गर्यो ।

अष्ट्रेलियाले दिएको ६ सय ६२ रनको लक्ष्य पछ्याउने क्रममा पहिलो इनिङमा ४ सय ३ रन मात्र जोडेपछि फलोअनका क्रममा दोस्रो इनिङ व्याटिङमा आएको इङ्ल्याण्ड ७२ दशमलव ५ ओभरमा २ सय १८ रनमा मात्र समेटियो ।

इङ्ल्याण्डलाई सस्तैमा समेट्ने क्रममा २५ दशमलव १ ओभर बलिङ गरेका अष्ट्रेलियाका मिचेल स्टार्कको नाममा ४ विकेट रहयो । यस्तै २८ ओभर बलिङ गरेका जोएज हेर्जलउडले पनि ३ विकेट हात पारे । यस्तै प्याट्रिक जेम्स पनि तेस्रो टेस्टमा २ विकेट लिन सफल भए ।

आजको खेलमा अष्ट्रेलियाका लागि प्याट्रिक जेम्सले २ तथा मिचेल स्टार्कले १ विकेट लिएका थिए । दोस्रो इनिङमा इङल्याण्डको व्याटिङ चल्न सकेन । इङल्याण्डका लागि जेम्स मिचेल र डेभिड मिलानले क्रमस ५५ र ५४ रन मात्र बनाउनु बाहेक अन्यको प्रदर्शन फिक्का रहयो ।

पहिलो इनिङ्समा इङ्ल्याण्डका लागि डेभिड मिलानले १ सय ४० र जोनाथन मार्सले १ सय १९ रनको आकर्षक पारि खेले पनि इङ्ल्याण्डको हार टार्न सकेनन् । यसअघि तेस्रो एसेज टेस्टमा पहिले व्याटीङ गरेको अष्ट्रेलीयाले कप्तान स्मिथको २ सय ३९ रनको व्यक्तिगत स्कोरको मद्धतमा ६ सय ६२ रनको बिसाल स्कोर खडा गरेको थियो ।

स्मिथको नाममा दोहोरो सतकको रेकर्ड रहयो । उनले आफ्नै हाइएस्ट टेष्ट स्कोर २ सय १५ लाई विर्साउँदै तेस्रो टेष्टको पहिलो पारिमा इंग्ल्याण्डविरुद्ध अविजित २ सय ३९ रन बनाएका थिए । यस्तै अष्ट्रेलियाका लागि मिचेल मार्सको १ सय १८ रनको पारि पनि महत्वपुर्ण रहयो ।

अष्ट्रेलियाका उस्मान ख्वाजाले ५०, टिम पायनले ४९, तथा क्यामरोन टोमर्टीले पनि २५ रनको योगदान गरे । बलिङ तर्फ इङल्याण्डका जेम्स एन्ड्रोसनले ४, तथा क्राईग ओभ्रुअनले २ विकेट हात पारे ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Sunita Thapa