बुधबार, ८ फागुन, २०७५ (Wed, 20 February, 2019)
खेलकूद
Dec 18, 2017
ईपीएलको उद्घाटन खेलमा ललितपुरको जित
सोमबार, पौष ३, २०७४
काठमाडौं : किङ्ग्स ईलेभनलाई ७ विकेटले हराउँदै ललितपुर पेट्रियट्सले एभरेष्ट प्रिमियर लिगको विजयी शुरुवात गरेको छ ।

काठमाडौं किङ्ग्स ईलेभनले दिएको ९० रनको सामान्य लक्ष्य ललितपुर पेट्रियट्सले १७औं ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो । यद्यपी ललितपुरले शुरुवात भने खासै राम्रो गर्न सकेको थिएन ।

सोमपाल कामीले काठमाडौंको लागि ललितपुरका पवन शर्राफलाई पहिलो ओभरको दोश्रो बलमा पभिलियन फर्काएका थिए । ललितपुरलाई जित दिलाउने कप्तान ज्ञानेन्द्र मल्ल र जयकिशन कोल्सावालाले ५४ रनको महत्वपूर्ण पार्टनरसिप गरेका थिए ।

कप्प्तान मल्ल खेलको दशौ आभेरमा अक्सु फर्नान्डोको बलमा ब्यक्तिगत २० रन बनाएर एलबिडब्लयु आउट भएका थिए । त्यसैगरी जयकिशन कोल्सावालाले नट आउट ४४ रनको ईनिङ खेले ।

काठमाडौं किङ्गस ईलेभनका लागि अक्सु फर्नान्डोले २ तथा सोमपाल कामिले एक विकेट हात पारे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौं किङ्ग्स ईलेभनले फितलो ब्याटिङको प्रदर्शन गर्दै १८ दशमलब ३ ओभरमा अलआउट हुँदै जम्मा ८९ रनको योगफल तयार पारेको थियो ।

काठमाडौंलाई सस्तोमा समेट्ने क्रममा फरेन प्लेयरको रुपमा क्लब भित्रिएका सुबोथ भाटीले ४ विकेट लिए । त्यसैगरी स्पिनर ललित राजवंशीले ३ तथा अलराउन्डर मेहबुब आलमले २ विकेट झारेका थिए ।

काठमाडौं किङ्ग्स ईलेभनका लागि ओपनर अमित श्रेष्ठले २७ रनको सम्मानजनक ईनिङ खेल्नु बाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन । ललितपुर पेट्रियट्सका ललित राजवंशी म्यान अफ दि म्याच घोषित भए ।

ईपिएल अन्तर्गत भोलि दुई वटा खेल हुनेछन् । बिहान ९ बजे पहिलो खेल चितवन टाइगर्स र पोखरा राईनोजबिच हुनेछ भने दोश्रो खेल दिउँसो पौने एक बजे विराटनगर वारियर्स र ललितपुर पेट्रियट्सबीच खेल हुनेछ ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang