आईतवार, ९ बैशाख, २०७५ (Sun, 22 April, 2018)
समाचार
Dec 29, 2017
उपत्यका मोबाईल ब्यबसायी संघको रक्तदान कार्यक्रम सम्पन्न
शुक्रबार, पौष १४, २०७४
काठमाडौ : उपत्यका मोबाईल ब्यबसायी संघको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

देशमा देखिएको रगतको अभावलाई न्युनिकरण गर्न नेपाल स्वयंसेवी रक्तदाता समाजले देशैभरी आव्हान गरे अनुरुप यस संघले शुक्रबार बिहान ९ बजेदेखि दिउसो ३ बजे सम्म सेन्ट्रल कम्प्लेक्स (एनसीसी बैंक भएको भवन) चावहिलमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रममा ९० जनाभन्दा बढीले रक्तदान गरेका थिए । उपत्यका मोबाईल व्यवसायी संघका अध्यक्ष सोभित प्रसाईं (सुरेश) को अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख आतित्थ्य हाल सम्म १ सय ५२ पटक रक्तदान गरी सकेका स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष प्रेम सागर कर्माचार्यको रहेको थियो ।

कार्यक्रममा उद्घाटन मन्तब्य दिंदै रक्तदान आफैं स्वस्थ हुनको लागि गर्ने हुनाले हरेकले ३–३ महिनामा रक्तदान गर्दा राम्रो हुने बताएका थिए । साथै रक्तदान कार्यक्रममा आसन ग्रहण र भाषणको कार्यक्रमले रक्तदाताहरुको उपेक्षा गरेजस्तो हुने भएकोले यस्तो नगराउन समेत उनले सुझाएका थिए ।

कार्यक्रमा मोवाईल वितरक संघका अध्यक्ष माधव रिमाल, हिमाल डेन्टल हस्पिटलका संस्थापक अध्यक्ष डा.राजेन्द्र भट्ट र वाईसियल नेपालका केन्द्रीय सचिव तथा उपत्यका मोबाईल व्यवसायी संघका सल्लाहाकार सुमित ढुंगाना लगायतका अतिथिहरुले मन्तव्य राखेका थिए ।

फोटाे फिचर 
















प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Dilman Gurung, Rita Gurung,
Kiran Gurung, Janga Bahadur Bomjan, 
Sangam Gurung, Chandra Bahadur Ghale