बुधबार, २६ मंसिर, २०७५ (Wed, 12 December, 2018)
समाचार
Jan 03, 2018
प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता
बुधबार, पौष १९, २०७४
काठमाडौं : सरकारले प्रदेशका प्रमुख र अस्थायी केन्द्र तोक्ने अन्तिम तयारी गरेको छ । कांग्रेस नेताहरुसँग आन्तरिक छलफल गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले अन्य पार्टीका नेतासँगको छलफल अघि बढाउनुभएको छ । मंगलबार प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।

बालुवाटारमा भएको भेटमा राष्ट्रियसभाको निर्वाचनको मिति, प्रदेशको अस्थायी केन्द्र कहाँ तोक्ने र विवाद भएमा कसरी समाधान गर्ने तथा प्रदेश प्रमुख कसरी नियुक्त गर्ने भन्ने विषयमा छलफल भएको थियो । देउवाले राष्ट्रियसभाको चुनावको मिति पनि प्रस्ताव गर्नुभएको छ ।

मंगलवार नै नेपाली कांग्रेसले प्रदेश सांसदको अन्तिम छनौट र पार्टी कसरी अगाडी बढ्ने भन्ने विषयमा शिर्ष तथा प्रभावशाली नेताहरुबीच आन्तरिक छलफल गरेको थियो । बैठक लगत्तै माओवादी केन्द्रका अध्यक्षसँग देउवाले गरेको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यसैबीच सरकारले ७ वटा प्रदेशको अस्थायी केन्द्रको खाका तयार गरेको छ । सरकारले प्रदेश नम्वर १ को विराटनगर, २ को जनकपुर, ३ को भक्तपुरको ठिमी, ४ को पोखरा, ५ दाङको लमही वा घोराही, ६ को सुर्खेत र ७ को धनगढीलाई अस्थायी केन्द्र तोक्ने तयारी गरेको हो । यसैबीच राष्ट्रियसभाको निर्वाचनको मिति लगायतका विवादित विषयबारे छलफल गर्न प्रधानमन्त्री देउवाले विहिबार सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।
 

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan