बिहीवार, ६ बैशाख, २०७५ (Thu, 19 April, 2018)
समाचार
Jan 03, 2018
पार्टी नेतृत्व वा सरकारको नेतृत्व मध्ये एउटा आफ्नो पक्षमा हुनैपर्नेमा माओबादी नेताहरुको जोड
बुधबार, पौष १९, २०७४
काठमाडौं : नेकपा माओवादी केन्द्रका नेताहरुले पार्टी एकता गर्दा सरकार वा पार्टीको नेतृत्व मध्ये एकमा आफ्नो पक्ष हुनुपर्नेमा जोड दिएका छन् । मंगलबार पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको पार्टीको केन्द्रीय कार्यालयको विस्तारित बैठकमा नेताहरुले पार्टी नेतृत्व वा सरकारको नेतृत्व मध्ये एउटा आफ्नो पक्षमा हुनैपर्नेमा जोड दिएका हुन् ।

बैठकमा नेताहरुलाई ब्रिफिङ गर्दै अध्यक्ष दाहालले सरकार गठन गर्नुअघि नै पार्टी एकता गर्नेमा आफ्नो जोड रहेको र अझै सबै कुराको छिनोफानो नभैसकेको बताउनुभएको थियो । राष्ट्रियसभा गठन र समानुपातिक सांसद छनोटमा समय लाग्ने भएकाले पार्टी एकता प्रभावित हुन सक्ने समेत दाहालले बैठकमा बताउनु भएको नेताहरुले बताएका छन् । बैठकपछि प्रवक्ता पम्पा भुषालले पार्टी प्रक्रिया सकरात्मक रुपमा अगाडि बढीरहेको र आश्चर्यजनकरुपमा टुङ्गोमा पनि पुग्ने दावी गर्नुभयो ।

एमाले अध्यक्ष ओलीको अस्वस्थताका कारण पार्टी एकताबारे छलफल अगाडि बढ्न नसकेको पनि माओवादीले बताएको छ । निर्वाचनमा भएका अन्तर्घातबारे छानबिन गर्न भन्दै माओवादीले नेता अमिक शेरचनको संयोजकत्वमा समिति पनि गठन गरेको छ ।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Dilman Gurung, Rita Gurung,
Kiran Gurung, Janga Bahadur Bomjan, 
Sangam Gurung, Chandra Bahadur Ghale