बुधबार, ८ फागुन, २०७५ (Wed, 20 February, 2019)
आर्थिक
Jan 03, 2018
भारतीय राजदुत पुरीद्वारा बहुप्रतिक्षित अरुण-तेस्रो जलबिद्युत परियोजना निर्माण स्थलको अवलोकन
बुधबार, पौष १९, २०७४
काठमाडौं : नेपालका लागि भारतीय राजदुत मञ्जिवसिंह पुरीले बहुप्रतिक्षित अरुण-तेस्रो जलबिद्युत परियोजना निर्माण स्थलको अवलोकन गरेका छन् । हेलिकप्टर मार्फत तुम्लिङ्गटार पुगेका राजदुत पुरीले प्रमुख जिल्ला अधिकारीको टोली सहित निर्माणाधीन पावरहाउस र बाँधको अवलोकन गरेको हो । अवलोकनपछि राजदुत पुरिले निर्माण कार्य तिव्र गतिमा अगाडी बढाउन सम्बन्धित कर्मचारीलाइ निर्देशन समेत दिएको प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिए ।

नेपालमा विशेष उद्देश्यका लागि दर्ता भएको एसजेभीएन अरुण-३ पावर डेभलपमेण्ट कम्पनी प्रा.लि ले अरुण-तेस्रो जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । एसजेभीएनमा भारत सरकारको ७४.५ प्रतिशत र हिमान्चल राज्य सरकारको २५.५ प्रतिशत स्वामित्व रहेको छ । ९ सय मेगावट क्षमताको यस आयोजनाले प्रतिवर्ष ३ हजार ६ सय ४ दशमलब ६१ गिगावाटघण्टा विद्युत उत्पादन गर्ने जनाइएको छ ।

बुट प्रणाली अन्तर्गत निर्माण हुन लागेको यस आयोजना बाट नेपालले २१ दशमलब ९ प्रतिशत विजुली निःशुल्क प्राप्त गर्नेछ । २०७१ मंसिर ९ गते लगानी बोर्डसँग सतलजले आयोजना विकास सम्झौता (पिडिए) सम्पन्न गरी दुई वर्षपछि निर्माण कार्य सुरु गर्ने सहमति भएको थियो । अरुण तेस्रो जलविद्यत् आयोजनाको कुल अनुमानित लागत एक खर्ब ४ अर्ब रुपैयाँ रहेको छ ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang