शुक्रबार, २ कार्तिक, २०७५ (Fri, 19 October, 2018)
समाचार
Jan 09, 2018
तराईमा चिसो र शीतलहरका कारण गरिब तथा विपन्नलाई सबैभन्दा बढी सास्ती
मंगलवार, पौष २५, २०७४
काठमाडौं : मुलुकमै सबैभन्दा बढी दलितको बसोबास रहेको सप्तरीमा करिब ३६ हजार भूमिहीन सुकुम्बासी रहेका छन् । सडक किनार तथा ऐलानी जमिनमा झुप्रो बनाएर ज्याला मजदुरी गरी गुजारा गर्दै आएका सुकम्बासीमध्ये कतिपयलाई आगो ताप्न पर्याप्त दाउरा जोहो गर्न पनि मुश्किल रहेको छ ।

बढ्दो चिसो र शीतलहरका कारण यसरी दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका गरिब तथा विपन्नलाई सबैभन्दा बढी सास्ती भएको छ । चिसोले कठ्याङ्ग्रिएर मजदुरीमा निस्किन सकिने अवस्था छैन । कामै नभएपछि भोकै सुत्नुपर्ने बाध्यता छ । दलित समुदायका मुसहर, बाँतर, चमार, हलखोर, डोम समुदायका मानिससँग जाडोमा लगाउने न्यानो कपडा पनि छैन । यस्तोमा ज्यान जोगाउन पनि धेरैलाई धौ धौ परेको छ।

शीतलहरको प्रकोपबाट बालबालिकालाई जोगाउन दुई दिन विदा दिएको जिल्ला शिक्षा समितिले मौसममा सुधार नआएपछि ४ दिन विदा थपेको छ । प्याब्सन सप्तरीले समेत तीन दिनका लागि विदा गर्ने निर्णय गरेपछि मंगलबार सम्मका लागि परिक्षा स्थगित भएको थियो ।

शीतलहरबाट हुने जोखिमको पूर्व तयारीमा ध्यान नदिँदा सर्वसाधारणले अकालमा ज्यान गुमाउनु परेको गुनासो बढेपछि जिल्ला दैवी प्रकोप उद्दार समिति तथा स्थानीय तहको पहलमा दाउरा संकलन र वितरण सुरु गरिएको छ । सरोकारवाला निकायहरुबीच समन्वय हुन नसक्दा प्रभावितलाई समयमै न्यानोको व्यवस्था मिलाउन नसकिएको स्थानीय तहका जनप्रतिनिधिले नै गुनासो गरेका छन् ।

जिल्ला वन अधिकृतले मोबाइल स्विच अफ गरेर बसेपछि अधिकांश स्थानीय तहमा दाउरा वितरण गर्न नसकिएको स्थानीय तहका प्रमुखहरुको आरोप लगाएका छ । सप्तरीका प्रमुख जिल्ला अधिकारीले भने चिसोवाट प्रभावितलाई न्यानो लुगा वितरण तथा आगो ताप्ने ब्यवस्था मिलाउन निर्देशन दिएको बताएको छ । तर कतिपय पिडितले भने आगो ताप्न दाउरा र न्यानो कपडा नपाएको गुनासो गरेका छन् ।

चिसोले जनजीवन कष्टकर भएपछि प्रहरीले जिल्लाका करिब एक सय ठाउँमा आगो बालेको जनाएको छ । चिसोले गर्दा बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी, असक्त एवं रक्तचाप र दमका रोगीको अस्पतालमा चाप बढेको छ । चिसोका कारण निमोनिया, पखाला, रुघाखोकी, ज्वरो लगायतका बिरामी बालबालिका बढेका छन् ।

हरेक वर्ष हिउँदमा शितलहर र चिसोका कारण मानिसहरुको ज्यान जाने गरेको कुरा नौलो होइन । तर प्रशासनले बेलैमा यसको लागि पूर्वतयारी नगर्दा धेरैले अनाहकमा ज्यान गुमाउनुपर्ने विडम्बना भने यथावत छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan