आईतवार, ७ माघ, २०७४ (Sun, 21 January, 2018)
देश
Jan 09, 2018
ब्रिटिश काउन्सिलले लिने आईईएलटीएस परीक्षामा पैसाको ठुलै चलखेल
मंगलवार, पौष २५, २०७४
काठमाडौं : अंग्रेजी भाषामा दक्षता मापन गर्नका लागि अंग्रेजी प्रयोग हुने मुलुकमा अध्ययन वा काम गर्न जान चाहनेले आईईएलटीएस परीक्षा दिनुपर्छ । काठमाडौंस्थित ब्रिटिश काउन्सिलले लिने आईईएलटीएस परिक्षामा पनि पैसाको ठुलै चलखेल हुने रहेछ भन्ने तथ्य हालै खुलेको छ । हालै मात्र प्रश्न पत्र बाहिरिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

इन्टरनेसनल इंग्लिश ल्यांग्वेज टेस्टिङ सिस्टमको संक्षिप्त रूप आईईएलटीएस हो । संवादका लागि अंग्रेजी भाषा प्रयोग हुने मुलुकमा अध्ययन वा काम गर्न जान चाहने मानिसले आईईएलटीएस परीक्षा दिनुपर्ने हुन्छ । अंग्रेजी भाषामा दक्षता मापन गर्नका लागि लिइने ब्रिटिश काउन्सिलले लिने परिक्षाको प्रश्नपत्र बाहिरिएपछि यो बिषयले चर्चा पाएको छ ।

ब्रिटिश काउन्सिलले लिएको आईईएलटीएस परीक्षाको प्रश्न पत्र बिक्रि बितरण गरेको अभियोगमा केही व्यक्तिलाई पक्राउ गरिएको छ । परिक्षा सञ्चालन हुनु अगावै प्रश्नपत्र बाहिरिएपछि प्रहरीले यसको सुक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ । आईईएलटीएस परिक्षा दिँदा नेपालको हकमा कम्तिमा ५ दशमलव ५ अंक ल्याउनुपर्ने हुन्छ तर अंग्रजीमा कमजोर बिधार्थीका लागि यति अंक प्राप्त गर्न पनि धौ धौ पर्न जान्छ ब्रिटिस काउन्सिलले कडाईका साथ लिने आईईएलटीएसको परीक्षामा पनि पैसाको ठुलै चलखेल हुने तथ्य हालै खुलेको छ ।

बिभिन्न व्यक्तिको मिलेमतोमा परीक्षाको अघिल्लो दिन आईईएलटीएसको प्रश्न पत्र आउट गरेर बिक्री बितरण गर्ने गिरोह र खरिद गर्ने बिधार्थीलाई नेपाल प्रहरी रंगेहात समातेपछि यो तथ्य बाहिर आएको हो । पक्राउ पर्नेमा कञ्चनपुरका गणेश राज उपाध्याय, स्याङजाका बिधान आचार्य र झापाका सुरज लामा रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले चार लाख नगद समेत बरामद गरेको छ । परीक्षा अगावै आईईएलटीएसको प्रश्नपत्र बाहिर ल्याएर बिक्री गर्ने कार्यमा ब्रिटिस काउन्सिलकै कर्मचारीको मिलेमतो रहेको आशंका समेत गरिएको छ ।

आईईएलटीएस परीक्षामा विश्वभर नै एउटै प्रश्नपत्र हुने भएका कारण यसमा अन्तर्राष्ट्रिय गिरोहको संलग्नता भएको प्रहरीको अनुमान छ । प्रश्नपत्र लाखौं रुपयाँमा बिक्रि गर्ने गरेको प्रहरीको प्ररम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ परेकालाई अदालतबाट म्याद थप गरी अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang
Sangam Gurung, Manish Bahadur Tamang