आईतवार, ३ आषाढ, २०७५ (Sun, 17 June, 2018)
देश
Jan 09, 2018
रेमिट्यान्स कम्पनीहरु खुल्ने क्रम बढेपछि दक्षिण कोरियाबाट पैसा पठाउनेको संख्या बढ्दो
मंगलवार, पौष २५, २०७४
काठमाडौं : केही समय अघिसम्म दक्षिण कोरियामा रहेका नेपालीहरु मध्ये झण्डै ९० प्रतिशतले अवैधानिक च्यानल हुण्डी प्रयोग गरी नेपाल पैसा पठाउने गर्थे । केही महिनायता रेमिट्यान्स कम्पनीहरु खुल्ने क्रम बढेपछि बैक र रेमिट्यान्स कम्पनीवाट पैसा पठाउनेको संख्या बढेको छ ।

नेपालीहरुले पछिल्लो समय बैंक तथा रेमिट्यान्स कम्पनी मार्फत पैसा पठाउन थालेका छन् । केही समय अघिसम्म यहाँका झण्डै ९० प्रतिशत नेपालीले अवैधानिक च्यानल हुण्डी प्रयोग गरी नेपाल पैसा पठाउने गर्थे ।

केहि महिना यता नेपालमा पैसा पठाउने माध्यम रेमिट्यान्स कम्पनीहरु खुल्ने क्रम बढेको छ । छिटो छरितो र सुरक्षित तरिकाले पैसा पठाउन पाएपछि वैधानिक माध्यम रोज्ने नेपालीको संख्या वृद्धि भएको हो ।

इपिएस शाखा नेपालले पनि वैधानिक च्यानल प्रयोग गरेर पैसा पठाएको प्रमाणपत्र प्रस्तुत नगरे श्रम स्वीकृतिलाई सिफारिश नगर्ने सुचना जारी गरेको थियो भने नेपाल राष्ट्र बैंकले पनि पैसा डिपोजिट र निकाल्न श्रोत खुलाउनुपर्ने बाध्यकारी नीति ल्याएपछि त्यसको सकरात्मक असर रेमिट्यान्समा देखिएको छ ।

केहि साता अघि नेपाल राष्ट्र बैंकले सार्वजानिक गरेको तथ्याङ्क अनुसार दक्षिण कोरिया, जापान, अष्ट्रेलिया, क्यानाडा लगायतबाट रेमिट्यान्स भित्रिने प्रतिशतमा वृद्धि भएको छ । दक्षिण कोरियास्थित जिएमई रेमिट्यान्समा अहिले दश हजार भन्दा बढि नेपालीले खाता खोलिसकेका छन् भने मासिक चालीस लाख डलर रेमिट्यान्स नेपाल भित्रिएको छ । अर्को रेमिट्यान्स कम्पनी रुपिसेन्ड प्रयोग गर्नेको संख्या पनि बढिरहेको छ ।

कोरियाका विभिन्न बैंकसँग समन्वय गरेर नेपालका विभिन्न बैंकहरुले रेमिट्यान्सको काम गर्दै आएका छन् । हुण्डी कारोवारमा बानी परिसकेका नेपालीहरु भने बैधानिक च्यानल भन्दा अवैधानिक च्यानलको प्रयोग गर्ने गरेको पाईन्छ ।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Kamal Bahadur Ghale