आईतवार, ७ माघ, २०७४ (Sun, 21 January, 2018)
समाचार
Jan 09, 2018
कर्जा विस्तारको सन्तुलन कायम गर्न नसक्दा वित्तीय प्रणालीमा तरलता
मंगलवार, पौष २५, २०७४

काठमाडौं : बैंकहरुले निक्षेप संकलन र कर्जा विस्तारको सन्तुलन कायम गर्न नसक्दा वित्तीय प्रणालीमा कहिले अधिक तरलता त कहिले न्यून तरलताको समस्या देखा पर्ने गरेको छ । अहिले बैंकहरुले तरलता अभाव भएको बताइरहँदा राष्ट्र बैंकले भने अधिक तरलता रहेको जनाएको छ ।

बैंकहरुले तरलता अभाव भएको बताएका पनि राष्ट्र बैंकले भने बैंकिंग प्रणालीमा करिब ४७ अर्ब रुपैंया अधिक तरलता रहेको बताएको छ । बैंकहरुको निक्षेप संकलन करिब १ खर्ब ६ अर्ब रुपैंया छ भने ऋण लगानी करिब १ खर्ब ६७ अर्ब रुपैंया रहेको छ । केहि बैंकहरुले आक्रामक कर्जा विस्तार गर्नु र राष्ट्र बैंकको प्राधिकार समेत कमजोर रहनुले पुंजीको अभाव देखिएको हो ।

बैंकहरुले जोखिम मोलेर आफ्नो क्षमता भन्दा बढी कर्जा विस्तार गर्दा गत वर्ष पनि वित्तीय प्रणालीमा समस्या आएको थियो । निक्षेपको आधारमा कर्जा विस्तार गर्नुपर्नेमा बैंकहरुले निक्षेपलाई वेवास्था गरि कर्जा विस्तार गर्ने प्रवृति देखिएको छ ।

हरेक वर्ष कहिले अधिक तरलता त कहिले न्यून तरलताको अवस्था आउनु समग्र अर्थतन्त्रकै लागि हानिकारक हो । ऋणीले मागेको समयमा कर्जा उपलब्ध गराउन बैंकहरु सक्षम हुनुपर्ने बैंकरहरु बताउँछन् । अहिले तरलता अभाव भएको भन्दै बैंकहरुले सरकारको ढुकुटीमा रहेको करिब ३ खर्ब २८ अर्ब रुपैयाँ मध्येबाट माग गर्नु गलत हुने विश्लेषकहरुको बुझाई छ । सरकारको कोषमा रहेको बचत राष्ट्रिय बचत भएकोले यस्तो रकम बैंकहरुलाई दिनु नराम्रो अभ्यासको सुरुवात हुने उनिहरु बताउँछन् ।

बैंकहरुले तरलता अभाव भएको भन्दै महँगो ब्याजदरमा बजारबाट पैसा उठाउन थालेपछि राष्ट्र बैंकले पछिल्लो ८ दिनमा मात्र वित्तीय बजारमा करिब ३५ अर्ब रुपैंया पठाइसकेको छ । पुष २३ गते आइतबारका दिन राष्ट्र बैंकले वित्तीय बजारमा १० अर्ब रुपैंया पठाउन खोज्दा १२ वटा बैंक तथा वित्तीय संस्थाले ६ अर्ब ५० करोड रुपैंया उठाएका थिए ।

गएको महिना कुनैपनि वाणिज्य बैंकले स्थायी तरलता सुविधा उपयोग गरेका छैनन । अहिले अन्तर बैंक ब्याजदर ३ प्रतिशत तल रहेकाले रिपो निष्कासन गर्न समेत राष्ट्र बैंक असमर्थ छ । जसले अहिलेको तरलता अभाव कृतिम होकी भन्ने आशंका समेत उब्ज्याएको छ ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang
Sangam Gurung, Manish Bahadur Tamang