बुधबार, २६ मंसिर, २०७५ (Wed, 12 December, 2018)
समाचार
Jan 26, 2018
राष्ट्रियसभा सदस्य निर्वाचन सातै प्रदेशमा उम्मेद्वार मनोनयन दर्ता
शुक्रबार, माघ १२, २०७४

काठमाडौं : माघ २४ गते बुधबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बुधबार सात वटै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयन दर्ता भएको छ ।

प्रदेश नम्बर १ को मोरङ, २ को धनुषा, ३ को ललितपुर, ४ को कास्की, ५ को दाङ, ६ को सुर्खेत र ७ को डोटीको उच्च अदालतमा रहेको मनोनयन केन्द्रमा उम्मेदवार मनोनयन दर्ता गरिएको हो । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश नम्बर १ बाट ८ पदमा १० जनाको उम्मेदवारी परेको छ । प्रमुख तीन राजनीतिक दल नेकपा एमाले, माओवादी केन्द्र (वाम गठबन्धन) र नेपाली कांग्रेसका १० जनाले उम्मेदवारी दिएका हुन् ।

विराटनगरस्थित वीरेन्द्र सभागृहमा रहेको निर्वाचन कार्यालयमा वाम गठबन्धनबाट ६ जना र कांग्रेसबाट ४ जनाले उम्मेदवारी दिएका हुन् । त्यस्तै प्रदेश नम्बर २ बाट ८ पदका लागि ९ जनाको मनोनयन दर्ता भएको छ ।

मनोनयन दर्ता गर्नेमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राजपा नेपाल र संघीय समाजवादी फोरम नेपाल रहेका छन् । क्षेत्रीय निर्वाचन कार्यालय जनकपुरमा मनोनयन दर्ता गर्नेमा एमाले र माओवादीको वाम गठबन्धनबाट तीनजना रहेका छन् ।

यस्तै, कांग्रेसबाट दुई, राजपाबाट दुई र फोरमबाट दुईजनाले मनोनयन दर्ता गराएका छन् । प्रदेश नम्बर ३ मा विभिन्न दलका १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमालेको तर्फबाट ६, माओवादी केन्द्रबाट २, नेपाली कांग्रेसबाट ४, नेपाल मजदुर किसान पार्टीबाट ४, र राप्रपाबाट एकजनाले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेश नम्बर ४ बाट ८ पदका लागि १२ जनाको मनोनयन दर्ता भएको छ । मनोनयन दर्ता गर्नेमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा छन् । वाम गठबन्धनका एमाले र माओवादी केन्द्रबाट ६ जनाको उम्मेदवारी परेको छ ।

कांग्रेसबाट चार र जनमोर्चाबाट दुईजनाको उम्मेदवारी दर्ता गरिएको छ । ५ नम्बर प्रदेशमा ८ स्थानका लागि ११ जनाको उम्मेदवारी परेको छ । नेकपा एमालेबाट गायिका कोमल वली, मीना बुढा तथा नेपाली कांग्रेसबाट अनिता देवकोटाकोमात्र उम्मेदवारी परेको छ । ३ सदस्यका लागि ३ जनाको मात्र उम्मेदवारी परेकाले दाबी विरोध नभएमा १५ गते नै उनीहरु निर्विरोध निर्वाचित हुनेछन् । प्रदेश नम्बर ६ मा ८ सिटका लागि १२ जनाले मनोनयन दर्ता गराएका छन् ।

गठबन्धनतर्फ नेकपा एमालेबाट ५ र माओवादी केन्द्रबाट ३ गरी ८ जना र नेपाली कांग्रेसका तर्फबाट ४ जनाको उम्मेदवारी परेको छ । त्यस्तै प्रदेश ७ मा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका १० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

राष्ट्रियसभामा पनि तालमेल
प्रदेश र प्रतिनिधि सभा चुनावमा तालमेल गरेका प्रमुख दलले राष्ट्रियसभामा पनि तालमेल गरेका छन् । बाम गठवन्धनमा एमाले, माओवादी र राजमो छन् भने कांग्रेस सहितको गठवन्धनमा राजपा, फोरम, विवकेशील साझा तथा नयाँ शक्तिले तालमेल गरेर उम्मेदवारी दर्ता गराएका छन ।

प्रत्येक प्रदेशबाट ३ जना महिला सहित आठ जना निर्वाचित हुने भएपनि एकल संक्रमणीय ब्यवस्थाका कारण जित्न सक्ने क्षेत्रमा मात्रै उम्मेदवारी दर्ता गराएका छन् । बाम गठवन्धनले ४३ सिट जित्ने आँकलन गर्दै एमालेबाट २९ र माओवादीबाट १४ सिटमा भागवण्डा गर्दै उम्मेदवारी दर्ता भएको हो । कांग्रेसले बाम गठबन्धन बाहेकका दलसँग तालमेल गरी उम्मेदवारी दर्ता गराएको छ ।

प्रदेश २ मा राजपा र फोरमसँग तालमेल गरेको छ भने प्रदेश ३ मा विवेकशील साझा र राप्रपा प्रजातान्त्रिकले कांग्रेस उम्मेदवारलाई मत दिने सहमति भएको छ । प्रदेश ५ मा भने ३ जना महिला निर्विरोध निवाीचित भएका छन् । जसमा बाम गठवन्धनबाट कोमल ओली र मिना बूढा तथा कांग्रेसबाट अनिता देवकोटा निर्वाचित भएका हुन् ।

राष्ट्रियसभामा कम्तिमा २२ जना महिला तथा ७ जना दलित र ७ अल्पसंख्यक वा पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व हुने ब्यबस्था छ । सात प्रदेशबाट आठ-आठ जना गरी ५६ जना निर्वाचित सदस्य र कम्तिमा १ महिला सहित ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्दै ५९ सदस्यीय राष्ट्रियसभा गठन हुनेछ ।
- दिलु घले

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan