शुक्रबार, ४ माघ, २०७५ (Fri, 18 January, 2019)
देश
Jan 26, 2018
राष्ट्रवादी हुँ भन्नेहरु दुला पसेपछि...
शुक्रबार, माघ १२, २०७४

काठमाडौं : सन् १८१६ देखी सन १८९० सम्मको सुगौलि सन्धि तथा सम्भौताहरुको आधार, नक्सा तथा प्रमाणहरु विपरित हुनेगरी भारतले समय समयमा विभिन्न मौका पारेर नेपालको सिमाना मिच्दै आईरहेको छ ।

भारतको यस्तो मिचाहा र हेपाहा प्रवृतिको बिरोध गर्दा केही नेपालीहरुको मृत्यु र केहि घाइते भएका छन । नयाँ सिमाना पिलर गाड्ने बहानामा हालै भारतले विरगञ्ज क्षेत्रमा झण्डै ३ सय मिटर जमिन मिचेको बताईएको छ । विरगञ्जको सिर्सिया नदि क्षेत्रमा भरतले उक्त ३ सय मिटर सिमाना मिचेको छ ।

सिमाविद्हरुको अध्ययन टोलिले पनि नेपाली नागरीकको लालपुर्जा भएको थुप्रै बिगाहा जमिन भारत तर्फ भएको देखाएको छ । तर देशको सिमा मिचिएको बिषयमा सरकारले भने मौनता देखाईरहेको छ । बिरगञ्जको यो घटनामा राज्यको जिम्मेवार निकाय जिम्मेवार बिहिन र लापरबाह देखिएका छन् ।

नेपाली स्वाधिनता, स्वतन्त्रता र सार्वभौमिकता माथी भारतको यस्तो हेपाहा प्रवृतिमा सरकार मुकदर्शक बनेको छ । यस क्षेत्रमा सिमा मिचिएको बिषयमा एमाले र माओबादी बिद्यार्थी संगठन तथा युवा संघले निरिक्षणगरी सिमा मिचिएको तथ्य सार्वजनिक गरीरहेका छन । उनिहरुले स्थलगत निरिक्षण गरी सिमाना मिचिएको प्रतिवेदन समेत सार्वजनीक गरेका छन । यसरी देशाको सिमा मिचिनु जस्तो असहै्य बिषयमा सरकार तथा राजनीतिक दलहरु समेत मौन बस्नु खेदजनक बिषय हो ।

यस बिषयमा मधेशि दलहरु चुपचाप छन । आफु राष्ट्रबादी हुँ भन्नेहरु पनि तै चुप मै चुप भएर दुला पसेका छन । यसरी सबै चुपचाप बस्नुले राष्ट्रियताको बिषयमा हाम्रो सरकार तथा राजनीतिक दलहरु कति कमजोर छन भन्ने प्रष्ट हुन्छ । नेपालीहरुले आप्mनो राष्ट्रियताकोलागी आवाज उठाउन आवश्यक छ ।

सिमा क्षेत्रका बासिन्दाहरुले गरेको बिरोधमा सबैले साथ दिन जरुरी छ । सरकारले तत्काल छानविनको व्यबस्था गर्नु पर्दछ । सबै नेपालीहरुले आप्mनो राष्ट्रियता र स्वभिमान जोगाउन भारतको हेपाहा र मिचाहा प्रवृतिको उच्चरुपमा बिरोध गर्नु पर्दछ ।
- संगम गुरुङ

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang