मंगलवार, ८ फागुन, २०७४ (Tue, 20 February, 2018)
समाचार
Jan 26, 2018
अष्ट्रेलियाबाट क्रिस्टिना सुनुवारको उपचारार्थ लागि ५ लाख २१ हजार ५० रुपैयाँ आर्थिक सहयोग
शुक्रबार, माघ १२, २०७४
काठमाडौं : किरात खम्बु राई समाज अष्ट्रेलियाले रक्त क्यान्सरबाट पीडित ओखलढुंगा निवासी ४ वर्षीया बालिका क्रिस्टिना सुनुवारको उपचारार्थ लागि ५ लाख २१ हजार ५० रुपैयाँ आर्थिक संकलन गरी काठमाडौंमा हस्तान्तरण गरेको छ ।

त्रिपुरेश्वरस्थित फिल्मशालामा आयोजित कार्यक्रममा राष्ट्रिय गान सर्जक व्याकुल माइला, किरात राई यायोक्खाका कोषाध्यक्ष युवराज राईले सहयोग रकम वापतको चेक बालिकाका बुवा नीर कुमार सुनुवार र सुनुवार सेवा समाजका अध्यक्ष रणवीर सुनुवारलाई हस्तान्तरण गरेका हुन् ।

अस्ट्रेलियामा क्रिस्टिना बचाउ सहयोग अभियानमा नेपालका लागि सहयोग रकमको संयोजन समाजसेवी बागधन राईले गरेका थिए । क्रिस्टिना बचाउ अभियानमा रकम संकलन भएको समाजका महासचिव राम सिप्तुङ राईले जानकारी दिए ।

बिरामीका बुवा नीरकुमारले रोग पत्ता लागिसके पनि राम्ररी उपचार गर्न नपाएको पीडा सुनाए । उनले छोरीको उपचारको क्रममा १० वटा अस्पतालको रिपोर्ट संकलन गरिसकेको बताए । अहिले देश–विदेशमा रहेका नेपाली दाजुभाइको माया–ममता पाएको तर, छोरीलाई राम्रो उपचार गराउन नपाएको गुनासो गरे । छोरीले ठुलो भएपछि पाईलट भएर बुबा आमालाई प्लेनमा उडाउने सपना रहेको समेत उनले सुनाए ।

हाल बिरामी छोरीलाई थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको लागि भर्ना गरिएको बताए । बोनम्यारो प्रत्यारोपणपछि उपचार सम्भव हुने उनलाई डाक्टरले बताएका छन् । डाक्टरले २५ देखि ३० लाखसम्म खर्च लाग्ने बताएको उनले सुनाए ।

रकम हस्तान्तरको क्रममा राष्ट्रिय गान सर्जक व्याकुल माइलाले अस्ट्रेलियामा रहेका नेपालीले पठाएको पाँच लाख नगदमा ५० करोडभन्दा बढीको माया सदभाव रहेको उल्लेख गर्दै बालिकाको शीघ्र्र स्वास्थ्य लाभको कामना गरे ।

कार्यक्रममा क्रिस्टिनाको उपचारार्थ सहयोग अभियानमा सक्रिय किशोर सुनुवार, खाँडादेवी गाउँपालिका रामेछापका उपाध्यक्ष मखमली श्रेष्ठ, समाजसेवी किरण मोक्तान, फिल्मशालाका अध्यक्ष श्रीहरि श्रेष्ठ, उत्तम कोइँच लगायतको उपस्थिति थियो । कार्यक्रमको संयोजन पत्रकार तथा लेखक सचित राईले गरेका थिए ।

क्रिस्टिनाको उपचारार्थ सहयोग अभियानमा अखबारनेपाल डटकम र अखबार टाईम्स साप्ताहिकको तर्फबाट बालिकाको शीघ्र्र स्वास्थ्य लाभको कामना ।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang
Sangam Gurung, Manish Bahadur Tamang