शुक्रबार, ५ असोज, २०७५ (Fri, 21 September, 2018)
खेलकूद
Jan 30, 2018
प्रथम प्रधानसेनापति अन्तरविद्यालय छात्रा तेक्वान्दो प्रतियोगिता सम्पन्न
मंगलवार, माघ १६, २०७४
काठमाडौं : नेपालमा तेक्वान्दो खेलको पहिलोपटक विद्यालयस्तरमा अध्ययनरत छात्रा विद्यार्थीहरूको तौल समूह अन्तर्गत 'प्रथम प्रधान सेनापति अन्तरविद्यालय छात्रा तेक्वान्दो प्रतियोगिता–२०७४' सम्पन्न भएको छ ।

सैनिक श्रीमती संघकी अध्यक्ष श्रीमती रीता क्षत्रीको प्रमुख आतिथ्यमा समुद्घाटन भई नेपाली सेनाका प्रधान सेनापति महारथी राजेन्द्र क्षत्रीको प्रमुख आतिथ्यमा समापन समारोह सम्पन्न भएको थियो ।

उक्त प्रतियोगितामा उपत्यका भित्र र बाहिरका गरी १९ वटा विद्यालयहरूबाट एक सय ५० जना छात्रा तेक्वान्दो खेलाडीहरू सहभागी भएका थिए । यस प्रतियोगितामा जुनियर र सिनियर गरी जम्मा १३ वटा तौल समुहमा फाईटिङका साथै पुम्से तर्फ एकल र ग्रुप गरी जम्मा २ समूहमा पुम्सेको प्रतिस्पर्धा गराईएको थियो ।

प्रतियोगिताको सिनियर तर्फ योगमाया श्रेष्ठ र जुनियर तर्फ सुरिता जैसी उत्कृष्ट खेलाडी घोषित भएका छन् । प्रतियोगिताबाट विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयकी छात्रा योगमाया श्रेष्ठ उत्कृष्ट सिनियर खेलाडी घोषित भएकी हुन् ।

जुनियरतफको उत्कृट खेलाडी अर्लि चाईल्डहुड डेभलपमेन्ट सेन्टरकी सुरिता जैसी घोषित भईन् । प्रतियोगितामा फाइटतर्फ ५७ केजी समूहमा विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय ए कि आकृति कुवँरले स्वर्ण पदक जितिन् । ५३ केजी समूहमा आदर्श योग हरी मावि लैनचौरकी सुस्मा गुरुङले स्वर्ण हात पारिन् भने ४९ केजी समूहमा  विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय ए कि सिमा श्रेष्ठले स्वर्ण पदक जितिन् । 

त्यसैगरी ४६ केजी समूहमा विजेशवरी कै याेेगमाया श्रेष्ठले आफ्नो नाममा पारिन् भने ४४, ४२, ४० र ३६ केजी तौल समूहमा क्रमश सरिता रुवाली, एरिका राई, सरिस्मा शाह र सुमिस्ता तामाङले स्वर्ण पदक हात पारे । प्रतियोगिताको ३३, ३२,२७ र २४ केजी तौल समूहमा सुविना खड्गी, सिमा थापामगर, करुणा श्रेष्ठ र विनिशा राईले क्रमश स्वर्ण पदक आ-आफ्नो नाममा लेखाए ।

त्यसैगरी २० केजी तौल समूहमा विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय ए की दक्षिणा भुजेलले स्वर्ण पदक जितिन् । त्यसैगरी पुम्सेतर्फ माईती नेपालकी प्राश्ना खड्काले स्वर्ण जितिन् भने ग्रुप पुम्सेमा विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय ए बाट रोशनी श्रेष्ठ, सरिता गुरुङ र हेमकला मगरले स्वर्ण पदक हात पारिन् ।

तीन दिनसम्म काठमाण्डौको विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयमा संचालन भएको प्रतियोगितामा विजेताहरुलाई प्रधानसेनापति राजेन्द्र श्रेत्रीले पदक वितरण गर्नुभएको थियो । त्यसैगरी नेपाल तेक्वान्दो संघबाट १४ जना महिला र जुरी तथा रेफ्रीहरु सहभागी थिए । उक्त कार्यक्रममा नेपाल तेक्वान्दो संघका कार्यवाहक अध्यक्ष संजिब रेग्मी लगायत नेपाली सेनाका रथीबृन्द, काठमाडौँ महानगरपालिकाको शिक्षा शाखाका प्रतिनिधि, वडा नं. १५ का वडा अध्यक्ष तथा सचिब तथा अभिभावकहरुको समेत उपस्थिति रहेको थियो ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan