बुधबार, २६ मंसिर, २०७५ (Wed, 12 December, 2018)
समाचार
Feb 06, 2018
एमालेको मुख्यमन्त्रीमा किचलो
मंगलवार, माघ २३, २०७४
काठमाडौं : प्रदेशमा निर्वाचन परिणाम सार्वजनिक भएको ३५ दिनभित्र सरकार गठन भइसक्नुपर्ने संबैधानिक व्यवस्था छ । २ नम्बर प्रदेश बाहेक सबै प्रदेशमा वाम गठबन्धनकै सरकार बन्ने देखिन्छ । एमाले र माओवादीको गठबन्धन सरकारको मुख्यमन्त्री र सभामुखको भागवण्डा मिलिसकेको भएपनि मुख्यमन्त्री कसलाई बनाउंने भन्ने सहमति बनिसकेको छैन । २ नम्बर प्रदेश बाहेक ६ वटा प्रदेशमा बाम गठबन्धनको बहुमत भएकोले गठबन्धनकै सरकार बन्ने देखिन्छ ।

जसमा १, ३, ४ र ५ नम्बर प्रदेशमा एमालेको मुख्यमन्त्री र माओवादीको सभामुख हुने सहमति भएको छ भने ६ र ७ मा माओवादीको मुख्यमन्त्री र एमालेको सभामुख बन्ने सहमति भएको छ । ५ नम्बर प्रदेश बाहेक सबैमा कसको नेतृत्वमा सरकार बन्ने भन्ने अन्यौल कायमै छ ।

गत मंगलबार पार्टी कार्यालय धुम्वारहीमा बसेको एमाले स्थायी कमिटी बैठकले प्रदेशका मुख्यमन्त्री छान्न केन्द्रले दबाब नदिने निर्णय गरेको छ । संविधानमा संसदीय दलका नेता नै मुख्यमन्त्रीको दाबेदार हुने प्राबधान भएकोले मुख्यमन्त्री भन्दा पहिले संसदीय दलको नेतामै विवाद हुने गर्दछ । प्रदेश प्रमुखले बुहमतप्राप्त वा बहुमत पु¥याउने संसदीय दलको नेतालाई प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्ने भएकोले मुख्यमन्त्रीका आकांक्षी संसदीय दलको नेता बन्ने दौडमा छन् ।

एमालेमा प्रतिनिधि सभाको नेताको टुङ्गोलागेपछि प्रदेशस्तरमा नेताहरुको दौड बाक्लिएको छ । कतिपय प्रदेशमा आकांक्षीबीच कार्यकाल आधा–आधा गर्ने सम्मका वैकल्पिक प्रस्ताव समेत शीर्ष तहमा आएका छन् । भावी मुख्यमन्त्रीका आकांक्षी बढी हुँदा मुख्यमन्त्रीको किचलोमा पार्टी नेतृत्व समेत फसेको छ । प्रदेश ५ मा शंकर पोखरेल संसदीय दलको नेता चयन भइसकेका छन ।

अन्य प्रदेशको हकमा एमालेभित्रै गुटका उम्मेदवारबीच मुख्यमन्त्रीको दाबी कायमै छ । प्रदेशसभाको अधिवेशन आह्वान भइसकेकोले चाँडै मुख्यमन्त्री छान्नु पर्ने अवस्था छ । प्रदेशको अन्तिम मतपरिणाम आएको ३० दिनभित्र सरकार गठन हुनु पर्ने संवैधानिक ब्यबस्था छ । तर, गुटगत समिकरण बोकेका आकांक्षी बढेपछि मुख्यमन्त्री चयनमा अझै केही समय लाग्ने देखिएको छ ।

प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य र शेरधन राई मुख्य दाबेदार छन् । निर्वाचनअघि नै राईलाई मुख्य दाबेदारका रुपमा प्रचार गरिएपनि निर्वाचनपछि राई कमजोर देखिएका छन् । तर, स्थानीय चुनावदेखि प्रतिनिधिसभा निर्वाचनसम्म भएको टिकट वितरणमा अनियमितता भएपछि आचार्यले आप्mनै गुटबाट बलियो समर्थन पाएका छैनन् । राई ओली निकट समूहका मानिन्छन भने आचार्य माधव नेपाल समूहमा छन ।

प्रदेश १ मा नेपाल समूहबाट जीवन घिमिरेले पनि मुख्यमन्त्रीमा दाबी गरेपछि आचार्य संकटमा छन् । तीन जनाबीच संसदीय दलको नेता छनोटमा मतदान भएमा गुटगत झगडाको फाइदा उठाएर राई संसदीय दलको नेता बन्न सक्ने सम्भावना छ । प्रदेश १ मा कूल ९३ सांसदमध्य एमालेका ५१ सांसद् छन् । जसमा नेपाल समूह बलियो देखिन्छ ।

प्रदेश ३ मा पनि एमाले एकल बहुमतमा छ । यो प्रदेशमा पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र नेता राजेन्द्र पाण्डे मुख्यमन्त्रीका प्रमुख दाबेदार छन । पार्टीको नवौँ महाधिवेशनसम्म एकै गुटमा रहेका शाक्य र पाण्डे अहिले फरक गुटमा देखिन्छन । मुख्य मन्त्री बन्ने दौडाहामा संस्थापनको शरणमा पुगेका पाण्डेलाई ओली खेमाले औपिचारिक रुपमा आश्वस्त भने पारेको छैन ।

पार्टी उपाध्यक्ष समेत रहेकी शाक्य महिला, जनजाति र वरिष्ठता समेतका आधारमा अघि रहेका कारण उनको संभावना बढी देखिएपनि केन्द्रको निर्णय अनुसार मतदान भएमा शाक्य असुरक्षित देखिन्छीन किन भने शाक्यलाई सहयोग गरिरहेको नेपाल समूह प्रदेश ३ मा ओली समूहभन्दा कमजोर छ । ११० सदस्यीय प्रदेशसभामा एमालेले ५८ सिट जितेको छ । तर, ओली समूहबाट पाण्डे सहित केशव स्थापितको पनि दाबी छ । दुई समूहका तीन उम्मेदवार रहेको अवस्थामा गुटभित्रको विवादको फाइदा शाक्यले उठाउन सक्ने अवस्था छ ।

प्रदेश नम्बर ४ को हकमा प्रतिनिधिसभा निर्वाचनको टिकट फाइनल गर्नु अघि किरण गुरुङ मुख्यमन्त्रीको दाबेदार थिए । तर, वाम गठबन्धनपछि लमजुङमा माओवादीका देब गुरुङलाई आफ्नो क्षेत्र छाडेपछि एमाले बाटै पूर्व पर्यटन तथा संस्कृति मन्त्री पृथ्वीसुब्बा गुरुङ पनि मुख्यमन्त्रीको दाबीसहित प्रदेश ४ को प्रदेश सभाको निर्वाचन लडे । दुई गुरुङ मध्य ओली निकट मानीने पार्टी सचिव समेत रहेका पृथ्वीसुब्बा र बामदेव गौतम निकट मानीने स्थायी समिति सदस्य किरण दुबै मुख्यमन्त्रीको दाबीबाट पछि नहट्ने भएपछि दोस्रो तहका केही नेताहरुले अध्यक्ष ओलीसँग आधा आधा कार्यकालको प्रस्ताव समेत गरेका छन् । ६० सदस्यीय प्रदेशसभा रहेको यो प्रदेशमा ११ वटा जिल्ला छन् । गोरखा, लम्जुङ, कास्की, मनाङ, मुस्ताङ, तनहुं, स्याङ्जा, नवलपरासि, पर्वत, म्याग्दी र बाग्लुङ जिल्ला समेटेको यो प्रदेशमा एमालेको मात्रै २७ जना सांसद छन् भने एमाले र माओवादीको गरी ३९ सांसद छन् । अर्थात बाम गठबन्धनसंग ६५ प्रतिशत सिट छ । कुल सिट संख्याको १० प्रतिशतको सरकार बनाउंने सहमति भएअनुरुप यो प्रदेशमा ७ सदस्यीय मन्त्रीमण्डल बन्नेछ ।

प्रदेश ५ को मुख्यमन्त्रीमा भने शंकर पोखरेल निश्चित छन । वाम गठबन्धनपछि दाङ २ को टिकटका लागि माओवादीका कृष्णबहादुर महरा र पोखरेलबीच विवाद भएपछि पोखरेललाई मुख्यमन्त्रीको आश्वासनसहित प्रदेशको उम्मेदवार बनाइएको थियो । यो प्रदेशको शपथग्रहण भएकै दिन पोखरेल संसदीय दलको नेता चयन भएपछि उनका लागि मुख्यमन्त्रीको ढोका खुलिसकेको छ ।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan