मंगलवार, ८ फागुन, २०७४ (Tue, 20 February, 2018)
समाचार
Feb 06, 2018
सात वटै प्रदेशमा नेपाली कांग्रेस प्रतिपक्षको भूमिकामा
मंगलवार, माघ २३, २०७४

काठमाडौं : संघीय संसदमा मात्र नभएर सात वटै प्रदेशमा नेपाली कांग्रेसको सिट संख्या विपक्षी दलको हैसियतमा छ । प्रदेश सरकारका मुख्यमन्त्रीका लागि संसदीय दलको नेता चयनका चर्चा चलिरहेको बेला विपक्षी दलको नेताको चर्चा पनि शुरु भएको छ । तर नेपाली कांग्रेसले भने यसबारे कुनै छलफल गरेको छैन ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने निर्वाचनको परिणाम अनुसार सात वटै प्रदेशमा कांग्रेस प्रतिपक्षको भूमिकामा रहने निश्चित भएको बताएका छन् । प्रदेशसभाको पहिलो बैठकको लागि सातै प्रदेशमा धमाधम तयारी भैरहँदा को मुख्यमन्त्री, को सभामुख र को प्रतिपक्ष दलको नेता बन्दैछ भन्ने अड्कलवाजी पनि चुलिएको छ ।

चाहे संघ होस चाहे प्रदेश, संसदमा सत्तापक्षको भन्दा पनि प्रतिपक्षको मुख्य भूमिका हुन्छ भन्ने मान्यता छ । तर संघीय संसद सहित सबै प्रदेशमा प्रतिपक्षको भूमिकामा रहेको कांग्रेसले आफ्नो तर्फबाट प्रतिपक्षी दलको नेताको भूमिका कसलाई दिने भन्ने बारे औपचारिक छलफल समेत थालेको छैन ।

केन्द्रदेखि सबै प्रदेशमा तालमेल गरेको बाम गठवन्धनको ६ वटा प्रदेशमा बहुमत छ भने २ नम्बर प्रदेशमा मधेश गठबन्धन बहुमतमा छ । कूल ५ सय ५० सिटको सांसदमा कांग्रेसको तर्फबाट १ सय १३ जना मात्रै सांसद छन् । प्रदेश संसदमा एजेन्डा र विचारमा महत्वपूर्ण भूमिका खेल्न सशक्त र जुझारु नेता चयन गर्न ढिला गर्न नहुने कांग्रेसभित्रै आवाज उठिरहेको छ ।

तर प्रवक्ता शर्मा भने राष्ट्रियसभाको निर्वाचन लगत्तै कांग्रेसले विपक्षी दलको नेता चयन गर्नेदेखि प्रदेशसभामा कांग्रेसले खेल्ने भूमिका समेत तय गर्ने बताए । निर्वाचनको परिणाम प्रतिकुल आएपछि पनि सत्ता लम्बाएको भन्दै विपक्षीबाट आरोप खेपिरहेको नेपाली कांग्रेसमाथि प्रतिपक्षी भूमिकाका लागि सशक्त तयारी नगरेको भनेर आन्तरिक आलोचना शुरु भएको छ ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang
Sangam Gurung, Manish Bahadur Tamang