बुधबार, ८ फागुन, २०७५ (Wed, 20 February, 2019)
देश
Feb 06, 2018
नेपालमा रोहिंग्या शरणार्थीको संख्या बढ्यो
मंगलवार, माघ २३, २०७४
काठमाडौं : पछिल्लो पटक गत भदौं ९ गते अर्थात सन् २०१७ को अगष्ट २५ मा म्यानमारको रखाइन प्रान्तमा हिंसा भड्किएपछि त्यहाँका अल्पसंख्यक रोहिंग्या मुसलमान ज्यान जोगाउने क्रममा भागेर बंगलादेश जान शुरु भएको थियो ।

बाङलादेशमा शरणार्थीका रुपमा बस्न कठीनाई भएपछि भारत पसेका थिए र कामको खोजीमा भौतारिने क्रममा सन् २०१२ देखि नै ती मध्ये केही रोहिंग्या नेपालमा पनि आइपुगेका थिए ।

नेपालमा रोहिंग्या शरणार्थीको संख्या बढिरहेको बारे विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन र प्रशारण भएपनि सम्बन्धित अधिकारीहरुले त्यसबारे खासै चासो दिएका थिएनन् । अहिलेपनि रोहिंग्याका आफन्त नेपाल आउने क्रम जारी छ ।

काठमाडौंको कपनस्थित राम मन्दिरसंगै र भोरल्ल फाँट शैलेश्वरी टोलमा शिबिर खडा गरेर बसेका रोहिंग्या शरणार्थीहरुको संख्या झण्डै चार सयको हरारीमा थियो । हाल स्थानीय बासिन्दाका अनुसार अहिले रोहिंग्याको जनसंख्या ७ सय नाघिसकेको छ ।

गृहमन्त्रालयले भने रोहिंग्या शरणार्थी नेपालमा हुँदै नभएको दाबी गरेर टारेको थियो । तत्कालीन गृहमन्त्री जनार्दन शर्माले रोहिंग्या शरणार्थी नेपाल भित्रिएको जानकारी पाएको र अब थप रोहिंग्या शरणार्थी भित्रिन नदिन सीमा क्षेत्रहरुमा कडाइ गर्ने निर्देशन जारी गरिसकेको बताएका थिए ।

रोहिंग्या शरणार्थीलाई स्वदेश फर्काउन पहल गर्ने प्रतिबद्धता तत्कालीन गृहमन्त्रीले गरेपनि पाँच महिना बितिसक्दा पनि समस्या समाधानबारे सरकारी तवरबाट कुनै पहल भएको पाईएको छैन ।

शुरुमा ६ वटा अस्थायी शिबिर रहेको भोरल्लमा अहिले करिव १५ वटा शिबिर बनिसकेका छन् । नयाँ शिबिरहरु नयाँ शरणार्थीका लागि नभई राम मन्दिर छेउका शरणार्थीलाई सार्नका लागि बनाइएको उनीहरुको दावी छ ।

राम मन्दिर नजिकको जग्गा छोड्नुपर्ने भएपछि नयाँ टहरा बनाइएको उनीहरुले बताएका छन् । ६० वटा टहराबाट विस्थापित शरणार्थी ब्यवस्थापनका लागि गोल्फुटारमा नयाँ टहरा तयार हुँदैछन । भोरल्लमा थपिएका दशवटा टहरामध्ये तीन वटा टहरालाई शरणार्थीका बालबच्चाका लागि विद्यालय विद्यालय सञ्चालन गरिएको छ ।

टहरामा पसल समेत सञ्चालन भैरहेको छ । म्यानमारबाट विस्थापित रोहिंग्या शरणार्थीको मुख्य आश्रयस्थल बनेको बंगलादेशबाट समेत शरणार्थीको स्वदेश फिर्ती प्रक्रिया शुरु भैसकेको छ । तर पायक नै नपर्ने नेपाल आइपुगेका शरणार्थीलाई स्वदेश फर्काउन सरकारले चासो नदिनु रहस्यमय देखिन्छ । यद्यपी यसको मानवीय पक्षपनि उत्तिकै संवेदनशील छ ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang