शुक्रबार, ४ माघ, २०७५ (Fri, 18 January, 2019)
आर्थिक
Feb 06, 2018
अन्ततः सरकारले बन्द गरयो नेशनल ट्रेडिङ
मंगलवार, माघ २३, २०७४
काठमाडौं : ५६ वर्षअघि सरकारले व्यापारिक कारोबार गर्न स्थापना गरेको नेसनल ट्रेडिङ लिमिटेड विभिन्न उतार चढावकाबीच अन्ततः खारेज भएको छ । दाता मुलुकले दिएको वस्तुगत सहयोगबाट व्यापारिक कारोबार गर्ने एवं उपभोक्तालाई सस्तो मूल्यमा सामान बिक्रि गर्ने गरेको नेसनल ट्रेडिङले पछिल्लो समय अन्य बस्तुको पनि व्यापार गर्दै आएको थियो । विभिन्न कारणले वित्तिय समस्यामा परेको नेसनल ट्रेडिङ अब इतिहासमा सीमित हुन पुगेको ।

५६ वर्ष अगाडि २०१८ सालमा स्थापना भएको नेसनलको यो भवन २०२४ सालमा राजा महेन्द्रले उद्घाटन गरेका थिए । चीन सरकारको सहयोगमा बनेको भवनमा हाल नेसनल ट्रेडिङको बोर्ड तथा करारमा कार्यरत एक कर्मचारी मात्र छिन जो चीन सरकारले दिएको इन्डक्सन चूलो बेचेर बसिरहेकी छिन ।

नेसनल ट्रेडिङमा १९ वर्ष काम गरेकी उनले नेसनल ट्रेडिङको अस्तित्व नै समाप्त भएको यथार्थ पत्याउन सकेकी थिइन । उनले बारम्बार सोधिइरहिन नेसनल ट्रेडिङ साँच्चै नै बन्द भएको हो त ? कर्मचारीलाई अवकास दिएपनि संस्थालाई मर्नबाट बचाउनुपर्ने उनको धारणा छ ।

अहिले यो भवनसँगै यहाँ रहेको गोदाम लगायत जग्गा पनि नेसनल ट्रेडिङले नेपाल आयल निगमलाई बिक्री गरिसकेको छ । नेसनल ट्रेडिङमा रहेका २ सय ६४ कर्मचारीलाई अवकास दिइसकेको छ ।

अहिले ३६ जना कर्मचारी करारमा कार्यरत छन । सरकारले बाँकी काम सम्पन्न नभएसम्मका लागि अहिले राखिएका कर्मचारीको संख्या घटाएर २० जना मात्र राख्न निर्देशन दिएको छ । सरकारले गरेको खारेजीको निर्णयवाट आफुहरु पिडित बनेको कर्मचारीहरुको भनाई छ । नेसनल ट्रेडिङ बन्द हुने अवस्था आउनुका पछाडि विभिन्न कारण रहेका छन् ।

हिमाल सिमेन्ट बन्द भएपछि सरकारले नेसनल ट्रेडिङको रकम चलाएको र उक्त रकमसँगै हिमाल सिमेन्टमा रहेको नेसनलको सेयर वापतको रकम नपाउँदा नेसनल धरासायी हुन सुरु भएको थियो । नेसनलको समानान्तरमा युनिभर्सल नामक निजी कम्पनीलाई ड्युटी फ्री मदिरा विक्री गर्न सरकारले इजाजत दिएपछि नेसनललाई थप समस्या भएको हो ।

२०६५ सालमा अर्थमन्त्री भएको बेला डा. बाबुराम भट्टराईले ड्युटी फ्री आयात गरिएका सम्पूर्ण मदिराजन्य पदार्थ बिक्री वितरण र विमानस्थलमा भएको विक्री केन्द्र बन्द गर्ने घोषणा गरेपछि नेसनल ट्रेडिङलाई करोडौं घाटा लाग्यो । यस्ता तमाम समस्याका वावजुद सरकारले नेसनल ट्रेडिङ लाई बचाउनुपर्ने महाप्रबन्धक पूर्णशंकर बसीको भनाई छ ।

नेसनल ट्रेडिङलाई जीवित राख्नका लागि महाप्रबन्धक बसीले विभिन्न रणनीतिक योजना पनि बनाएका थिए । तर ती योजनाबारे सरकारलाई जानकारी गराउन नपाउँदै खारेजीको निर्णय सुनेका उनी सन्तुष्ट छैनन । आगामी दिनमा मुलुकलाई नेसनल ट्रेडिङ जस्तो संस्थाको कमी भइरहने उनको भनाई छ ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang