शुक्रबार, ४ माघ, २०७५ (Fri, 18 January, 2019)
समाचार
Feb 09, 2018
कोईच कुम्सो खिँकोे सांस्कृतिक कार्यक्रमको तयारी पुरा
शुक्रबार, माघ २६, २०७४

काठमाडौं : किराँत कोइँच सुनुवार समुदायको संस्था कोइँच कुम्सो खिँले संस्थाको प्रथम वार्षिक उत्सवको अवसरमा यहि माघ २७ गते शनिबार बृहत मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम ५०७८ (२०७४) को तयारी पुरा भएको छ ।

सांस्कृति हाम्रो पहिचान कलालाई सँधै प्रोत्साहन भन्ने मुल नाराका साथ आयोजना हुन लागेको कार्यक्रममा संगीत र नृत्य क्षेत्रका ख्यती प्राप्त कलाकार लगायत सुनुवार समुदायका चर्चित कलाकारहरुको जमघट हुने कार्यक्रमका संयोजक तिलक सुनुवाले बताए ।

किराँत कोइँच सुनुवार समुदायको भाषा, लिपी धर्म संस्कार संस्कृतिको संरक्षण तथा नेपाली सांगीतिक क्षेत्रको संबद्र्धनका लागि स्थापना गरिएको यस संस्थाले प्रवासमा रहेका सुनुवारहरुको पहल र सक्रियतामा सुनुवार समुदायभित्रका कला गला र अन्य प्रतिभाशाली कलाकारहरुको उत्साह हौसला प्रदान गर्ने अवसर मिल्ने कार्यक्रमको प्रमुख सल्लाहकार सामुयल सुनुवार (साम)ले अखबार नेपाल डटकमलाई बताए ।

कार्यक्रम कालिन्चोक खड्का पार्टी प्यालेस कोटेश्वरमा गर्न लागिएको कुरा यस संस्थको अध्यक्ष लालबहादुर सुनुवारले बताए । सुनुवार समुदायका नव प्रतिभाहरुको निम्ति यस्तै किसिमको पहिलो पटक परिचयत्मक तथा सांगीतिक कार्यक्रम गत २०७४ जेठ १५ गते पनि गरिएको थियो ।।

  - सङ्गम गुरुङ




प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang