शुक्रबार, ४ माघ, २०७५ (Fri, 18 January, 2019)
मनोरञ्जन
Feb 11, 2018
सांगीतिक क्षेत्रकी उदयीमान नक्षत्र बबिता सुनुवार
आईतवार, माघ २८, २०७४
मनमा ईच्छाशक्ति र प्रतिबद्धता भए जस्तो सुकै समस्या र चुनौति आएपनि सफलता प्राप्त गरिने रहेछ भन्ने प्रमाणित गरिदिएकी छिन् गायिका बबिता सुनुवारले । रामेछाप जिल्लामा स्थायी घर भई माता शान्ति सुनुवार र पिता कुशबहादुर सुनुवारकी कान्छी सुपुत्रीको रुपमा जन्म लिएकी बबिता सानैदेखि गायन र नृत्य विधामा सौख राख्थिन । आप्mनो परिवारिक माहौलमा यस क्षेत्रमा कोही पनि नलागेको र परिवारले पनि यस क्षेत्रमा लागेको मन नपराउने हुनाले बबिताले आफु भित्रको गायन प्रतिभालाई सबैको अगाडि खुलेर प्रस्तुत गर्न सकेकी थिईनन् ।

बिभिन्न नाचगान तथा सांस्कृतिक कार्यक्रमहरुमा सुटुक्क जाने र गीत गाउनले मात्र उनको सांगीतिक तिर्सना मेटिएन र बिस्तारै बिस्तारै आफु भित्रको प्रतिभा बिद्यालयमा आयोजना हुने विभिन्न सांस्कृतिक कार्यक्रम तथा गायन प्रतियोगिताहरुमा प्रस्तुत गर्न थालिन् । आप्mनो ईच्छा बाहिरी प्रतिकुल वातावरण भएपनि त्यसको सामना गर्दै पुरा गर्नतिर कटिबद्ध हुन थालिन् जसको परिणाम स्वरुप बिद्यालय स्तरीय प्रथम द्वितिय पुरस्कारहरु आप्mनै पोल्टामा पार्न सफल हुन थालिन् । जब उच्च शिक्षाको लागि रामेछापबाट बबिता काठमाडौ आईन तब उनको सांगीतिक क्षेत्रमा संघर्ष गर्ने ढोका खुल्यो र गुरुकुल संगीत प्रशिक्षण केन्द्रमा भर्ना भई आप्mनो स्वरलाई अझै तिखार्न साधनारत भइन ।

करिव दुई बर्ष अगाडि सुनुवार सेवा समाजले बजारमा ल्याएको सुनुवार भाषाको गीति एल्बम “नाम–सी फु”मा उनलाई पनि गीत गाउने अवसर प्रदान गरियो । यसले उनलाई सांगीतिक यात्रामा अगाडि बढ्न थप हौसला र प्रेरणा मिल्यो । त्यसपछि अन्य गीतहरुमा गाउने अवसर पनि आउन थाल्यो । हाल सम्म १९ वटा गीति एल्बममा स्वर दिईसकेकी बबिताको आप्mनै एकल गीति एल्बम निकाल्ने धोको रहेको र सो पुरा गर्न उनी अहिले जुटिरहेकी छिन । लगभग सबै कामहरु तिब्र रुपमा अगाडि बढिरहेको उनले बताईन ।

कुनै गीत रेकर्ड हुदैछन भने कुनै रेकर्ड भईसकेर म्यूजिक भिडियो निर्माण भईरहेका छन । आप्mनो सानैदेखिको ईच्छा अहिले आएर पुरा भईरहेको र धेरै अग्रज स्रष्टाहरुको माया र मार्ग निर्देशनबाट खुसी बनेकी बबिता सुम्नीमा कला केन्द्रमा गुरु कैलाश राई र प्रतिक गोपालीको सानिध्यमा साधनारत छिन ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang