बुधबार, २८ कार्तिक, २०७५ (Wed, 14 November, 2018)
देश
Feb 16, 2018
दुई बाम एक ठाम
शुक्रबार, फागुन ४, २०७४
काठमाडौं : एकता र स्थिर सरकारको नारा दिएर दुई बाम एक ठामको नीतिमा अघि बढेको एमाले र माओवादी केन्द्रको एकीकरण प्रक्रिया अघि बढेजस्तो पनि देखिन्छ र रोकिएको जस्तो पनि देखिन्छ । यसको कारण के हो ? अहिलेसम्म कसैले भेउ पाउन सकेको छैन । 
 
एकाथरिको तर्क के छ भने चुनाव जित्नकै लागि एकता घोषणा गरेकोले वास्तवमा पदीय भागबण्डाको लागि मात्र एकताको कुरा जोडतोडका साथ कार्यकर्तालाई लादेर जित्नुपर्ने नेतालाई हराउने र हराउनुपर्ने नेतालाई जिताउने खेलका रुपमा एकतालाई विश्लेषण गर्ने राजनीतिक विद्वानहरुको तर्क रहेको छ । 
 
फेरि अर्काथरी राजनीतिक पण्डितहरु भने बाम एकतालाई स्वार्थ सिद्धिको बाटो बनाइरहेको तर्क गरिरहेका छन् । त्यसमा पनि अझै विपक्षीहरु भने यसलाई भागबण्डाको राजनीतिको रुपमा विश्लेषण गर्दै ताक परे तिवारे नत्र गोतामे भन्ने भ्रम फैलाइरहेका छन् । 
 
सरसर्ती हेर्दा के देखिन्छ भने सर्वाधिकार केन्द्रित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पदीय भागबण्डाकै लागि पटक–पटक गोप्य वार्ता भइरहेका छन् । गोप्य वार्तापछि पनि दुबै अध्यक्षका प्रेस सल्लाहकार भने अब एकताको वातावरण बनेको र केही दिनमै एकता प्रक्रिया निष्कर्षमा पुग्ने बताउँछन् र सञ्चारमाध्यमलाई समाचार सम्प्रेषण गर्ने गर्दछन् । 
 
त्यसो त यो समाचार तयार पार्दासम्म बाम एकताको कुरा मिलिसकेको र केही दिनमै यसले पूर्णता प्राप्त गर्ने समाचार बाहिर आइरहेका छन् । यसका लागि माओवादी र एमालेका पहिलो दर्जाका नेताबीच सहमति बनिसकेको बताइएको छ । 
 
निर्वाचनका समयमा सरकार गठन गर्नुभन्दा पहिले नै पार्टी एकता भनिरहेको अवस्थामा चुनाव सकिएलगत्तै सरकार गठनलाई प्राथमिकता दिइएकाले कतै बाम एकता भाँडिने त होइन भन्ने आशंका पनि पैदा गराएकै हो । 
 
तर, केही दिनदेखि अध्यक्ष ओली र अध्यक्ष दाहालबीचको गोप्य वार्ताहरुले भने अब निकास पाउँछ कि भन्ने आशा गर्न सकिन्छ । त्यसमाथि जनतालाई दुई बाम एक ठामको नारा दिएर स्थिर सरकार दिने बाचा गरेका दुबै पार्टीका अध्यक्षले चुनावी सभामा एकै ठाउँमा उपस्थित भएर गरेका बाचा भुलेका छैनन् भन्ने हाम्रो बुझाई हो । 
 
तत्कालिन अवस्थामा पार्टी एकता भन्दा पनि स्थिर सरकार अहिलेको आवश्यकता हो । स्थिर सरकार बनेमात्र समृद्ध नेपालको कल्पना गर्न सकिन्छ । पार्टीहरु त विगतदेखि हेर्ने हो भने आफ्नो स्वार्थ सिद्धिका लागि जता मल्कु उतै डल्कु प्रवृत्ति नदोहोरियला भन्न सकिन्न । तर, अब पनि त्यसो भयो भने यो देशका जनताले पुनः अर्को लडाई लड्नेछन् र यी अवसरबादी दलहरुलाई पाखा लगाउने छन् त्यसमा दुईमत देखिँदैन । 
 
चुनावी समयमा अब स्थिर सरकार र समृद्ध नेपालको सपना बाँडेर संसदमा दुई तिहाइ हाराहारीमा जित हासिल गरेको कम्युनिष्ट पार्टीले जनतालाई अब पनि झुक्याएमा अहिले कांग्रेसलाई झै पाखा लगाएर पुनः नयाँ शक्तिलाई स्थापित गर्न जनताले बाँकी राख्ने छैनन् यसतर्फ पनि दुबै दलका नेता तथा कार्यकर्ताले ध्यान दिनु जरुरी छ ।
 
विभिन्न मञ्चमा उपस्थित भएर एकले अर्कालाई गाली गर्ने र फेरि माया गर्ने परिपाटीको अन्त्य हुन्छ भनेर नै जनताले कम्युनिष्ट शक्तिलाई बहुमत दिएका हुन् र समृद्ध नेपालको लागि दिएका हुन् न कि उनीहरुलाई पदीय भागबण्डाको राजनीति गरुन् र मुलुक त भाडमा जाओस भन्नका लागि । 
 
अहिलेको आवश्यकता भनेको एकैपटक समृद्ध नेपाल होइन, समृद्ध नेपाल बनाउने अभियानको सुरुवात अझ भनौं रेखा कोर्नुपर्ने समय हो । त्यसमाथि अझ भनौं बाम गठबन्धनले जुन प्रकारको ६०÷४० को भागबण्डा गरेर स्थापित भएका छन् र प्रदेश सरकार गठनदेखि केन्द्रिय सरकार गठनसम्म यही प्रक्रिया अबलम्बन गरेर पार्टी एकीकरण गरी ६०÷४० को भागबण्डालाई समेत अन्त्य गर्नुनै बाम गठबन्धनको सफल राजनीति हुन्छ भन्नेमा दुईमत देखिँदैन । 
 
वर्तमान सरकारको नेतृत्व गरिरहेको कांग्रेस अहिले प्रमुख प्रतिपक्षी दलको रुपमा झरेको छ । अब सरकारको नेतृत्व गर्न पाउँदिन कि भन्ने त्रासमा अहिले कांग्रेस नेतृत्वको सरकारले गर्न हुनेदेखि नहुनेसम्मका सम्पूर्ण काम गरिरहेको छ । राष्ट्रको ढुकुटी रित्याएर आगामी निर्वाचनको लागि बाटो खन्ने बहानामा चाहिने नचाहिने निर्णय गरिरहेको छ । 
 
कामचलाउ सरकारले गरेका निर्णय मुलुकको हित विपरित देखिए एमाले माओवादी दुबै पार्टीको सहमतिमा खारेज गर्ने र हितअनुकुल भए त्यसलाई कार्यान्वयनमा लैजाने जिम्मेवारी पनि अब बन्ने बाम गठबन्धन सरकारको लागि फलामको च्यूरा चपाएसरह हुने निश्चित छ । त्यसैले पार्टी एकीकरण प्रक्रियालाई जतिसक्दो छिटो टुंगोमा पु¥याएर सरकार गठन गरी समृद्ध नेपालको खाका कोर्नेतर्फ बाम गठबन्धन अग्रसर हुनुपर्ने देखिन्छ । नभए जुन जोगी आएपनि कानै चिरेको भन्ने उखान चरितार्थ हुने र अर्को चुनावमा फेरि प्रतिपक्षमा झर्नुपर्ने अथवा प्रतिपक्षी पनि बन्न नसक्ने अवस्था सिर्जना नहोला भन्न सकिन्न ।

- जयराम लामिछाने




 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan